कीवर्डहरू -

एफवानसफ्ट ग्रुपको प्रमुख सञ्चालन अधिकृतमा सोहम ढकाल नियुक्त 

एफवानसफ्ट ग्रुपको प्रमुख सञ्चालन अधिकृतमा सोहम ढकाल नियुक्त 

एफवान सफ्ट गु्रपको प्रमुख सञ्चालन अधिकृतमा सोहम ढकाल नियुक्त भएका छन् । उनलाई एफवान ग्रुपको सञ्चालक समितिको बैठकले प्रमुख सञ्चालन अधिकृतमा नियुक्त गरेको हो ।

सोहम ढकाल यस अघि एक उद्यमीका रुपमा चर्चित छन् । उहाँसँग २४ वर्ष भन्दा बढी सफल उद्यमीको रुपमा काम गरेको अनुभव छ ।

ढकालले अमेरिकाको ओराकल सर्नर कर्पोरेशनबाट आफ्नो करियर सुरु गरेका थिए । नेपाल फर्केपछि उनी एक सफल उद्यमी बन्न सफल भए ।

उनले साना किसान सहकारीलाई सफ्टवेयर उपलब्ध गराउनेदेखि विभिन्न किसिमका सफ्टवेयर निर्माण गरेका छन् । यसअघि ढकाल भायानेटको प्रमुख सञ्चालन अधिकृतको रुपमा समेत कार्यरत थिए । उनले कम्प्युटर विज्ञान र गणितमा स्नातक गरेका छन् ।

एफवान सफ्टमा आवद्ध भएसँगै कम्पनीलाई थप उचाइमा पुर्याउने अपेक्षा गरिएको छ । सफट्वेयरको क्षेत्रमा ख्यातिकमाएको एफवान सफ्ट कम्पनी नेपालका ठुला आईटी कम्पनी मध्येको एक हो ।

सन् २००४ बाट सञ्चालनमा आएको एफवान सफ्टले वित्तिय क्षेत्रका सफट्वेयर निर्माण तथा उत्पादन गर्दै नेपाल लगायत विदेशी मुलुकमा बिक्री वितरण गर्दै आएको छ । एफवान सफ्टकै भगिनी संस्था इसेवा नेपालको पहिलो र बजार हिस्सामा पनि नम्बर वान पेमेन्ट गेटवे कम्पनी हो ।