कीवर्डहरू -

ओप्पो ए ५७ नेपाली बजारमा सार्वजनिक

ओप्पो ए ५७ नेपाली बजारमा सार्वजनिक

ओप्पोले नेपाली बजारमा नयाँ स्मार्टफोन ओप्पो ए ५७ सार्वजनिक गरेको छ । ओप्पो ए ५७ मा तीव्र चार्जिङ र उच्च क्षमताको ब्याट्री रहेको कम्पनीले जनाएको छ ।

६.५६ इन्च कलर–रिच डिस्प्ले रहेको यसमा अल्ट्रा–लिनियर स्टेरियो स्पिकरहरू छन् ।  १३ मेगापिक्सेल रियर क्यामेराको नाइटस्केप मोड फिल्टरहरू र ८ एमपी फ्रन्ट क्यामेरा सेल्फीहरूको लागि एआई पोट्रेट रिटचिङले प्रयोगकर्ताहरूलाई राम्रो फोटो खिच्न मद्दत गर्दछ ।

ओप्पो ग्लो डिजाइन अन्तर्गत ओप्पो ए ५७ को पछाडिको भागलाई नैनो क्रिस्टलले ढाकेको छ । टुडी बडी डिजाइनले ७.९९ मिमी अल्ट्रा–थिन फ्रेमले फोनको चौडाइलाई घटाउँछ ।

यो स्मार्टफोन आईपीएक्स ४ वाटर रेसिस्टेन्स भएकाले प्रयोगकर्ताहरूले वर्षाका दिनहरूमा प्रयोग गर्दा चिन्ता लिनु नपर्ने कम्पनीको दावी छ ।

५ हजार एमएएचको ब्याट्री रहेको फोनमा ३३ वाटको सुपर चार्ज भोग प्रविधि प्रयोग गरिएको छ । यसले ७२ मिनेटमै मोबाइलको ब्याट्री फुल चार्ज गर्नेछ ।

कम्पनीका अनुसार यसलाई १० मिनेट चार्ज गरे करिब ३ घण्टा युट्युब हेर्न सकिने छ । ओप्पो ए ५७ मा कलर ओएस १२.१ राखिएको छ ।

ओप्पो ए ५७ नेपालमा ओप्पो ग्लोइंग ग्रीन र ग्लोइंग ब्ल्याक कलरमा उपलब्ध छ । फोन ४ जीबी र्‍याम र ६४ जिबी  र्‍यामसहित उपलब्ध छ । नेपाली बजारमा फोनको मूल्य २३ हजार ४९९ रुपैयाँ तोकिएको छ ।