कीवर्डहरू -

चेस खेल्दा रोबोटले भाँचिदियो ७ वर्षिय बालकको औँला

चेस खेल्दा रोबोटले भाँचिदियो ७ वर्षिय बालकको औँला

रुसको राजधानी मस्कोमा भईरहेको एक चेस प्रतियोगितामा रोबोटले आफ्नो ७ वर्षको प्रतिस्पर्धी बालकको औँला भाँचिदिएको छ । रोबोटले सात वर्षीया बच्चाको औँला चेसको पिस बुझेर बोर्डबाट हटाउन लाग्दा भाँचिदिएको हो ।

मस्को चेस अपन टुरनामेन्ट मस्को चेस महासंघले आयोजना गरेको थियो र चेस खेल्ने रोबोटले पहिले पनि विभिन्न चेस टुर्नामेन्टमा बिनाकुनै घटनाको भाग लिईरहेको थियो ।

सात वर्षीया बालकले एआईबाट चल्ने रोबोटलाई छिटो आफ्नो चाल चाल्नका लागि अत्याएपछि रोबोटले सात वर्षीया क्रिस्टोफर भनेर परिचिति बालकको औँलालाई चेसको पिस बुझेर भाँचिदिएको हो ।

स्थानीय मिडिया बाजा न्यूजले मस्काऊ चेस अपन टुरनामेन्टको भिडियो हालेपछि अहिले यो सामाजिक सञ्जालमा भाइरल बन्न पुगेको छ ।

क्रिस्टोफर ९ वर्ष मुनिको शिर्ष तिस चेस प्लेयर मध्येमा पर्ने गर्दछन् । भिडियोमा रोबोटले बालकको एउटा चेस पिस बोर्डबाट हटाउँदै गर्दा त्यही बिचमा बालकले हटाइएको ठाउँमै अर्काे चेस पिस राख्न थाल्छन् र त्यतिनै समयमा रोबोटले बालकको औंलालाई पनि चेस पिसनै बुझेर भाँचिदिएको देखिन्छ ।

चार जना मान्छेहरुले मिलेर क्रिस्टोफरलाई रोबोटको पञ्जाबाट निकालेको पनि भिडियोमा देख्न सकिन्छ । रोबोटले १५ सेकेण्डसम्म बालकको औंला समाईरहेको र त्यसपछि मात्रै अरु मान्छेले क्रिस्टोफरलाई छुटाएको पनि भिडियोमा देख्न सकिन्छ ।

क्रिस्टोफरको हातमा कास्ट लगाएपछि उनले फेरि टुर्नामेन्ट खेल्न सकेको पनि मस्को चेस महासंघले बताएको छ । यस घटनाले मान्छेहरुलाई पुनः एआईको नकारात्मक पक्षबारे सचेत बनाएको छ ।