कीवर्डहरू -

खल्तीको ‘द बिगेस्ट पेमेन्ट जात्रा’ अफर सम्पन्न, भयो करोड बढीको कारोबार 

खल्तीको ‘द बिगेस्ट पेमेन्ट जात्रा’ अफर सम्पन्न, भयो करोड बढीको कारोबार 

जेठ १२ देखि असार ३२ गतेसम्म आयोजना भएको खल्तीको ‘द बिगेस्ट पेमेन्ट जात्रा’ अफर सम्पन्न भएको छ । ५२ दिनसम्म सञ्चालन भएको  सो अफरमा  ५ लाख भन्दा बढी प्रयोगकर्ताले १ करोड भन्दा बढी सङ्ख्यामा कारोबार गरेका छन् ।

डिजिटल भुक्तानी प्रति आकर्षित गर्ने उदेश्यका साथ  खल्तीले समय समयमा आफ्ना प्रयोगकर्ताहरूकालागि विभिन्न आकर्षक अफरहरू प्रदान गर्दै आईरहेको छ । यहि शैली जारी राख्दै खल्तीले करोड बराबरको अफरको रुपमा द बिगेस्ट पेमेन्ट जात्रा आयोजना गरेको थियो ।

यो अफर अन्तर्गत् खल्ती प्रयोगकर्ताहरूले सहभागिता जनाई क्यसब्याक तथा थुप्रै उपहारकाको फाइदा लिएका थिए । साथै हरेक दिन १ बजे देखि सुरु हुने फायरसेल अन्तर्गत २ लाख भन्दा बढी  प्रयोगकर्ताहरू लाभान्वित भएका थिए जसमा ५० प्रतिशतसम्म क्यासब्याक प्रदान गरिएको थियो ।

अफरको आकर्षक केन्द्रबिन्दुको रूपमा रहेको ३ वटा ‘Bajaj Pulsar NS 160 ABS’ तीन जना भाग्यशालीले पाएका थिए । यति मात्र नभई अफरमा सहभागिता जनाउने ७६ भाग्यशाली प्रयोगकर्ताहरूले पुरस्कार स्वरूप समग्रमा ७ वटा वानप्लसको ४३ इन्चको स्मार्ट टि.भी, १४ वटा स्मार्ट फोन, ५२ वटा फ्लाइट टिकट रू. १ मा, ५२ वटा स्मार्टब्याण्ड लकि ड्र मार्फत प्राप्त गरेका थिए ।

खल्तीले विजेता छनौट प्रकृयालाई पारदर्शी बनाउनका लागि हरेक हप्ता फेसबुक लाइभ मार्फत विजेता घोषणा  गर्दै आएको थियो । सातौँ हप्ताको लाइभमा खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काको उपस्थिति रहेको थियो ।

आगामी दिनमा पनि डिजिटल भुक्तानी प्रति सबै नेपालीलाई प्रोत्साहित गर्न खल्तिले थुप्रै रोमान्चक अफर र पुरस्कारहरु आफ्ना प्रयोगकर्ता माझ ल्याउने खल्तीको भनाइ छ ।