कीवर्डहरू -

नेटगियरको अर्बी ट्राइब्यान्ड वाइफाई सिस्टम, ४ हजार स्क्वायर फिटसम्म वाइफाइ कभरेज

नेटगियरको अर्बी ट्राइब्यान्ड वाइफाई सिस्टम,  ४ हजार स्क्वायर फिटसम्म वाइफाइ कभरेज

विश्वप्रसिद्ध सेक्युरिटी ब्रान्ड नेटगियरको नेपालस्थित अधिकृत विक्रेता फाल्कोन इन्टरनेश्नलले नेटगियरको अर्बी ट्राइब्यान्ड वाइफाई सिस्टम ल्याएको छ । विश्वबजारमा लोकप्रिय बनिरहेको RBK20 - Orbi AC2200 मोडलको यो प्रडक्ट नेपाली उपभोक्ताका लागि अहिलेसम्मकै नयाँ, आकर्षक र उत्कृष्ट सुविधासहित आएको छ । यो होम र बिजनेश दुवै प्रयोगकर्ताका लागि उत्तिकै लाभदायक छ, जसका फिचरहरु निकै लोभलाग्दा छन् ।


-सबैतिर उत्कृष्ट वाइफाई
-गुगल वाइफाई भन्दा सय गुणा छिटो
-ट्राइ ब्यान्ड मेश वाइफाइ सिस्टम
-उत्कृष्ट वाइफाई सिग्नल ४ हजार स्क्वायर फिटसम्म
-बिजनेश माइन्डेड वाइफाई

पुरै घरमा वाइफाई कभरेज
यसअघि तपाईले देखेका वाइफाई सिस्टमभन्दा विल्कुलै एडभान्स्ड र कल्पना गरेभन्दा राम्रो प्रडक्ट तपाईँसामु छ । घरका हरेक कुना–कुनामा हाइ स्पिड वाइफाईसँग रमाउन यो सजिलो र स्मार्ट तरिका बन्नेछ । अब बारम्बार वाइफाई कनेक्सनमा आउने अवरोधलाई बिदाइ गर्नुहोस् । RBK20 - Orbi AC2200 मा अर्बि स्याटेलाइट पनि सँगै आउँछ जसको सहयोग लिई मल्टिपल डिभाइस र बढी बढीभन्दा क्षेत्रफलसम्म डेडिकेडेड वायरलेस कनेक्सन गराउन सकिन्छ ।

यसमा MU-MIMO Tri-band WiFi भएकै कारण तपाईका डिभाइसहरुमा अधिकतम वाइफाइ स्पिड डेलिभर गर्दछ । अनि जतिसुकै डिभाइसहरु होस्, वाइफाइमा स्पिडमा कुनै कमी आउँदैन । ७० भन्दा बढी डिभाइसहरु प्रयोग गर्दा पनि वाइफाइ स्पिड उस्तै गतिमा हुने छ । अनि भएन त पुरै घर कभरेज !

लोभलाग्दा सुविधा
यो अर्बी वाइफाई सिस्टमले अर्बी वाइफाई राउटर र अर्बी वाइफाई स्याटेलाइट समावेश गरेको छ । यसको ट्राइ ब्यान्ड वाइफाईको विशेषताका कारण २२०० एमबिपिएससम्मको इन्टरनेट पुरा घरभरी तिव्र छिटो र उही गतिमा चलाउन सकिन्छ । जब यो प्रयोग गर्न थाल्नुहुन्छ, इन्टरनेट बफरिङ एउटा अतित थियो भनेर सम्झिदा हुन्छ ।

अर्को महत्वपूर्ण कुरा के भने तपाईले आफ्नो डिभाइस घरको हरेक कोठा–कोठामा लैजानुहोस्, वाइफाई स्पिडमा कत्तिपनि फेरबदल भएको पाउनुहुन्न । त्यस्तै अर्बि स्याटेलाईट थपेर वाइफाईको रेञ्जलाई झनै बढाउन सकिन्छ । साथै अर्बिको मोबाइल एपले यति सजिलो बनाइदिएको छ कि आफ्नो मोबाइलमा सिम्पल सेटअप गरेर एउटा सुरक्षित वाइफाई नेटवर्क केही मिनेटमै तयार गर्न सक्नुहुन्छ ।

४ हजारसम्म स्क्यार फिटसम्म कभरेज
यो वाइफाई सिस्टमको मुख्य विशेषता नै वाइफाई ४ हजार स्कायर फिटसम्म तिव्र गतिले चल्नु हो । अर्बी स्याटेलाईट जुन तपाई प्रडक्ट खरिद गर्दा राउटरसँगै पाउनुहुन्छ, यसको मद्धतले तपाईले यो क्षेत्रफलसम्म वाइफाई स्पिड बढाउन सक्नुभएको हो ।

अर्बी स्याटेलाइट प्रयोग नगर्ने र राउटरकै मात्र प्रयोग गर्नुभयो भने पनि २ हजार स्क्वायर फिटसम्म हाइ स्पिड इन्टरनेटको मज्जा लिन सक्नुहुन्छ । यसकारण घर, अपार्टमेन्ट, बिजनेश हाउसेस सबैले यसको प्रयोग गर्न सक्ने छन् । अनि अनावश्यक तार र राउटर खरिद गरिरहनु पर्ने झन्झट नि तपाईसँग हुँदैन भने एउटै वायरलेस नेटवर्कबाट गतिशिल इन्टरनेट चलाउन सकिन्छ ।

फास्टलेन टेक्नोलोजी र सेक्युर वाइफाइ एक्सेस
नेटगियरले च्द्यप्द्दण् RBK20 - Orbi AC2200 मा फास्टलेन टेक्नोलोजीको प्रयोग गरेको छ । डेडिकेटेड वाइफाई ब्याकहलसहितको फास्टलेन थ्री (fastlane3 technology) का कारण अन्य डिभाइसहरुमा कनेक्ट हुँदा पनि उत्कृष्ट फोर के एचडी स्ट्रिमिङ र गेमिङ सिर्जना गर्न सकिन्छ ।

यसको अतिरिक्त विशेषताको रुपमा योसँग सेक्युर वाइफाइ एक्सेस रहेको छ जहाँ तपाईंले ट्राफिकलाई ३ डेडिकेटेड आइसोलेटेड वाइफाइ नेटवर्कमा बाँड्न सक्नुहुन्छ र इन्र्टनल बिजनेश डाटा अरु भिजिटरसँग सेयर होला भन्न चिन्ता हुँदैन ।

अन्य विशेषताहरु :
यसमा डिज्ने स्मार्ट प्यारेन्टल कन्ट्रोल रहेको छ जसले सजिलै तपाईलाई कुनै पनि डिभाइसमा कन्टेन्ट र टाइमको म्यानेज गर्न सजिलो बनाउँछ । यो फिचरहरुले तपाईको बच्चाहरुका लागि बढी लाभ दिन्छ । कस्तो कन्टेन्ट हेर्न दिने, कुन समयमा हेर्न दिने भन्ने कुराको निर्णय तपाई लिन सक्नुहुन्छ ।