कीवर्डहरू -

गूगल प्ले स्टोरको दशौँ जन्मोत्सवमा नयाँ लोगो सार्वजनिक

गूगल प्ले स्टोरको दशौँ जन्मोत्सवमा नयाँ लोगो सार्वजनिक

गूगलले गूगल प्ले स्टोरको दशौँ जन्मोत्सवमा नयाँ लोगो सार्वजनिक गरेको छ । गूगल प्ले स्टोरको आधिकारिक रुपमा दश वर्ष पूरा भएको छ र गूगलले लोगोमा केही परिमार्जन ल्याएको छ ।

गूगलले सन् २०१२ मा सबै एन्ड्रोइड मार्केट, म्युजिक, ई बुक र रभिडियोलाई एकै छातामा एकीकृत गर्नेहेतु गूगल प्ले स्टोर सार्वजनिक गरेको थियो ।

त्यो समयदेखि प्लेस्टोर चर्चित हुँदै अहिले १९० देशमा स्टोरको पहुँच छ र मासिक २.५ बिलियन सक्रिय प्रयोगकर्ता रहेका छन् । गूगलले यो पटकदेखि प्लेस्टोरमा आफ्नो टिभी एपका लागि भनेर मूभिज र टिभी सेक्सन पनि राख्नेछ ।

लोगोमा पहिले भन्दा सबैको रंग गाढा बनाइएको छ र निलो, पहेंलो, रातो र हारयोको अनुपातलाइ पनि घटबढ गरिएको छ ।