कीवर्डहरू -

खल्तीबाटै एसईईको नतिजा हेर्न सकिने

खल्तीबाटै एसईईको नतिजा हेर्न सकिने

‘खल्ती’ले एसइई विद्यार्थीहरूको नतिजा हेर्ने प्रक्रियालाई सरल बनाउने उद्देश्यले राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयसँग सहकार्य गरेको छ ।

यस सहकार्यसँगै अब एसइई २०७८/७९ ब्याचका विद्यार्थी र अभिभावकहरूले सजिलै र निःशुल्क खल्ती मार्फत् नतिजा हेर्न सक्नेछन्।

नतिजा हेर्न प्रयोगकर्ताले खल्ती एपमा गई एस.ई.ई रिजल्टमा ट्याप गरी आफ्नो सिम्बोल नम्बर र जन्म मिति राख्नुपर्नेछ । राखिएको सबै विवरण ठिक भएमा एसईईको नतिजा तुरुन्तै उपलब्ध हुनेछ । यसरी खल्तीबाट नतिजा हेर्न कुनै पनि शुल्क लाग्ने छैन ।