कीवर्डहरू -

कस्तो छ डिशहोमको आईपीटीभी ? के के छन् सुविधा ?

कस्तो छ डिशहोमको आईपीटीभी ? के के छन् सुविधा ?

मंगलबार डिशहोमले आईपीटिभी सार्वजनिक गर्‍यो । डीटिएच, केवल टिभी, ईन्टरनेट, टेरेस्ट्रियल टिभी सेवा प्रदान गरिरहेको डिशहोमले अब आईपी टिभी पनि प्रदान गर्ने भएको हो ।

डिशहोम आई टिभीको नाममा सुरू भएको आईपीटीभी सेवा अन्य सेवा प्रदायकको भन्दा गुणस्तरीय र उत्कृष्ट हुने कम्पनीको दावी छ ।

नेपालको एक मात्र डीटीएच सेवा प्रदायक डिश मिडिया नेटवर्क विगत १२ वर्षदेखि पे टिभी इन्डस्ट्रीमा आफ्नो वेग्लै पहिचान बनाउन सफल रहेको छ । कम्पनीका अनुसार डिशहोमको आईपीटीभी विश्वको नवीन प्रविधिमा सञ्चालन हुनेछ ।

आईपिटिभी भनेको इन्टरनेट प्रोटोकलमा आधारित टेलिभिजन भनिन्छ । यो अरू स्याटेलाईट, केबल र टेरेस्ट्रियल भन्दा फरक हुने गर्दछ ।

यसलाई दुई तर्फबाट हुने सञ्चारको रुपमा पनि लिन सकिन्छ । यसमा विभिन्न स्ट्रीमिङ च्यानलहरु प्नि राखिएको हुन्छ जसले गर्दा यसबाट भिडियो अन डिमाण्ड, क्याच अप टिभी, स्टार्ट ओभर टिभी, ईपिजी आदि फिचरहरु दिने गर्दछ । आईपिटिभी एपको विशेष फिचरहरु फर्मवेयर र मिडलवेयर हुन् ।

कस्तो छ डिशहोमको आईपीटिभी ?

डिटिएच र टेरेस्ट्रियल भन्दा फरक प्रविधि ईन्टरनेट प्रोटोकलमा आधारित आईपी टिभीमा सर्ट्स टिभी, रमाईलो टिभी, गुञ्जन, सिने हिट्स, जुनियर टिभी र नेपाली भाषामा लोकप्रिय कोरीयन सिरिज जस्ता डिशहोमका एक्सक्लुसिब च्यानलहरु लगायत २०० भन्दा वढी टिभी च्यानलहरु हेर्न सकिने छ ।

त्यस्तै ५ हजार घण्टा भन्दा बढी विभिन्न कन्टेन्टहरु, भिडियो अन डिमाण्ड, क्याच अप टिभी स्टार्ट ओभर टिभी, युट्युब, टिकटक लगायत अन्य विभिन्न एप तथा फिचर्सहरु समेत डिशहोमको आईपीटिभीमा उपलव्ध रहेको छ ।

\"\"

भिडियो अन डिमाण्डमा ५०० बढी फिल्म, विभिन्न चर्चित सिरिज जस्मा कोरियाली, हिपअप डान्स ब्याटल, कमेडी क्याफे र अरु थ्रुपै शोहरु रहेका छन् ।

त्यस्तै भिडियो अन डिमाण्डमा विभिन्न शैक्षिक सामाग्रीह्ररू पनि राखिएको छ । यसमा युट्यब, नेटफ्लिक्स जस्ता स्ट्रमिंग एपहरु उपलब्ध रहेका छन् ।

यसले गर्दा भिडियो र अडियोमा गुणस्तरीयता ल्याउन सकिन्छ । एन्ड्रोइड ओपन सोर्स परियोजनामा आधारित यसमा एन्ड्रोइड ९ अपरेटिंग सिस्टम प्रयोग गरिएको छ । यसमा विभिन्न कम्बो प्याकहरु पनि उपलब्ध रहेका छन् ।

यसले सबैभन्दा पहिले डिशहोम अर्थबाट कन्टेन्टहरु लिने गर्दछ । ती कन्टेन्टलाई आईपिटिभी हेडेन्डमा ओरिजिन, एज, ईपिजी र भिओडी सर्भरहरुको संयोजनमा ती च्यानलहरुलाई इन्टरनेटको सहायताले आईपी नेटवर्कमार्फत रुट गर्ने गर्दछन् । यसलाई हामी सिधै आफ्नो डिभाइसहरुमा हेर्न सक्छौँ ।

डिशहोमको आईपीटीभी सेटअप बक्सका सुविधा

डिशहोमले आईपीटीभीका लागि प्रदान गर्ने सेटअप बक्समा आमलोजिक एस ९०५ एक्स ६४ बिट क्वाड कोर आर्म करटेक्स ए ५३ सिपियू रहेको छ ।

यसमा एक जिबी र्याम र ८ जीबी रोम रहेको छ । यसमा १०० एम आरजे ४५ पोर्ट पनि रहेको छ । यसमा वाईफाई २.४ पनि बिल्ट इन रहेको छ । सेट अप बक्समा २ ओटा २.० यूएसबी सल्ट हुने गर्दछ ।

\"\"

यसको रिमोटमा क्वीक एप लञ्च बटन पनि रहेको छ । सेटअप बक्समा भिडियो डिकोडिंग फोर के बाई टू के र अडियो डिकोडिंग फिचर एमपिईजी २ र एएसी जस्ता सुविधा छन् । सेटअप बक्समा पावर इन्पुट १२ भोल्ट पर वान एएम्पी रहेको छ ।

आइपिटिभीको फर्मवेयर कस्तो छ ?

\"\" आइपिटिभीमा हार्डवेयरको स्तरकै सफ्टवेयर रहेको छ, जसलाई पीसीबी लेबल पनि भनिन्छ । यो सफ्टवेयरले अपरेटिंग प्रणालीको रुपमा पनि काम गर्ने गर्दछ । जसले गर्दा हार्डवेयर, मेमोरी व्यवस्थापन र बुटअपमा सहयोग मिल्ने गर्दछ । यसले एसटिबीको कामहरुलाई नियन्त्रण र व्यवस्थापन पनि गर्न सक्छ ।

फर्मवेयरलाई इन्टरनेट प्रयोग गरेर ओभर दि एयर (ओटिए) मार्फत अपडेट गर्न सकिन्छ । फर्मवेयरलाई सेटिंगमा क्लिक गरेर सिस्टममा गएर अबाऊटमा गएर हेर्न सकिन्छ ।

आइपिटिभीको मिडलवेयर हेर्ने हो भने यो एक एप्लिकेसन लेयर सफ्टवेयर हो । यसले लाइभ टिभी, भिओडी जस्ता विभिन्न एप्लिकेसनहर व्यवस्थापन गर्ने गर्दछ । कन्टेन्ट व्यवस्थापनमा पनि मिडलवेयरले सहयोग पुर्याउने गर्दछ । त्यस्तै केही नयाँ एप अपडेटहरु आएमा त्यसको बारेमा पनि जानकारी लिन सकिन्छ ।

आईपिटिभी प्रयोगकर्तालाई डिशहोमको सुझाव

\"\"

कम्पनीले ल्यान वा इथरनेट पोर्टका माध्यमले सेटअप बस्कलाई इन्टरनेटसँग कनेक्ट गर्न सुझाव दिएको छ । यसले आईपिटिभी झनै स्थिर, भरपर्दाे हुने कम्पनीको भनाइ छ ।

त्यस्तै ल्यान पोर्ट वान सकेसम्म राउटरको पोर्ट वान मार्फत सेट अप बक्समा कनेक्ट गरेमा राम्रो हुने गर्दछ । यसले गर्दा कुनै लँइ भिडियो हेर्दा, स्ट्रीम गर्दा वा भिडियो अन डिमाण्ड ९९.९०९ प्रतिशतले कम हुने कम्पनीले बताएको छ ।