कीवर्डहरू -

१५ औं वार्षिकोत्सवको अवसरमा हरेक कोर्षमा ३० प्रतिशत छुट दिदै ब्रोडवे इन्फोसिस 

१५ औं वार्षिकोत्सवको अवसरमा हरेक कोर्षमा ३० प्रतिशत छुट दिदै ब्रोडवे इन्फोसिस 

सूचना प्रविधि सम्बन्धि ट्रेनिङ दिने नेपालको अग्रणी कम्पनी ब्रोडवे इन्फोसिस १४ वर्ष पूरा गरी १५ वर्षमा प्रवेश गरेको छ । सस्तो र गुणस्तरीय आईटी ट्रेनिङ दिन सन् २००८ मा ब्रोडवे इन्फोसिस स्थापना भएको थियो ।

निरन्तरको मेहनतपछि ब्रोडवे आज एउटा ब्राण्डको रूपमा दरिएको छ । ब्रोडवे इन्फोसिसका प्रबन्ध निर्देशक तथा संस्थापक राजु अधिकारीले एकेडेमीया र उद्योगबीचको ग्यापलाई कम गर्न कम्पनीले काम गरिरहेको बताए ।

‘ब्रोडवेले विभिन्न आईटीका तालिमहरू प्रदान गर्दै आएको छ,’ उनले भने, ‘सस्तोमा गुणस्तरीय तालिम प्रदान गर्ने हाम्रो उद्देश्य अनुरूप बेला बेला अफर र छात्रवृतिको सुविधा पनि प्रदान गरिरहेका छौं ।’

आफ्नो १५ औं वार्षिकोत्सवको अवसरमा ब्रोडवेले ‘१५ दुना ३०’ नामक नयाँ अफर समेत ल्याएको छ । यस अफर अन्तर्गत ब्रोडवेले प्रदान गर्ने हरेक कोर्षमा ३० प्रतिशत छुट पाइने छ ।

यो अफर जुलाईको अन्तिमसम्म मात्र लागु हुनेछ । यदी तपाई पनि ब्रोडवे इन्फोसिसबाट आईटी तालिम लिन चाहनुहुन्छ भने यहाँ क्लिक गरेर सम्पर्क गर्न सक्नुहुनेछ ।