कीवर्डहरू -

सुरु भयो इन्स्योरेन्स एग्रिगेटर ‘मेरो बिमा’, गौशालामा प्रधान कार्यालय उद्घाटन 

सुरु भयो इन्स्योरेन्स एग्रिगेटर ‘मेरो बिमा’, गौशालामा प्रधान कार्यालय उद्घाटन 

इन्स्योरेन्स एग्रिगेटर मेरो बीमाको प्रधान कार्यालय गोशालामा उद्घाटन गरिएको छ । गत मंसिर ३ गते संस्थागत अभिकर्ताको काम सुरू गरेको मेरो बीमाको प्रधान कार्यालय उद्घाटन कम्पनीका संस्थापक तथा बीमा विज्ञ कोषराज सुवेदीले गरेका हुन् ।

गौशालाको पिंगलास्थानमा पशुपति भिजन नजिकैको घरमा मेरो बीमाको प्रधान कार्यालय राखिएको छ । नेपालको इन्स्योरेन्स क्षेत्रलाई डिजिटल बनाउने उद्देश्यले मेरो बीमा स्थापना भएको हो ।

मेरो बीमाको मोबाइल एप र वेबसाइटबाट घरमै बसेर बीमा सम्बन्धि सेवाहरू लिन सकिने छ । मेरो बीमाले बीमा क्षेत्रमा भएका विकृतिलाई हटाउन तथा छिटो र छरितो बीमा सेवा उपलब्ध गराउने कम्पनीको विश्वास छ ।