कीवर्डहरू -

एनसेलबाट नेपाल बैंकको मोबाइल बैंकिङ एप निःशुल्क चलाउन सकिने

एनसेलबाट नेपाल बैंकको मोबाइल बैंकिङ एप निःशुल्क चलाउन सकिने

नेपालको पहिलो बैंक नेपाल बैंक र एनसेल एक्सीयाटाबीच नेपाल बैंकका मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरुलाई डाटा शुल्क नलाग्ने सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।

नेपाल बैंक लिमिटेड प्रधान कार्यालयमा मंगलबार आयोजित एक समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी र एनसेल एक्सीयाटाका प्रमुख कार्यकारी अधिकृत एण्डि चोङ्गले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

यो सम्झौता अनुसार नेपाल बैंकमा खाता भएका ग्राहकहरुलाई एनसेलको सिम प्रयोग गरि नेपाल बैंकको मोबाइल बैंकिङ्ग एप प्रयोग गर्दा डाटा निःशुल्क उपलब्ध हुनेछ ।

नेपाल बैंकले नेपाल टेलिकमको सिम प्रयोग गर्ने ग्राहकहरुलाई यस अघि नै यो सुबिधा प्रदान गरिसकेको छ । अबदेखि नेपाल टेलिकम र एनसेल दुबैको नेटवर्क मार्फत नेपाल बैंकका ग्राहकहरुले यस बैंकको मोबाइल बैंकिङ्ग एप प्रयोग गर्दा कुनै डाटा शुल्क नलाग्ने बैंकले जनाएको छ ।