कीवर्डहरू -

नेपालमा दूरसञ्चार सेवा : कुल जनसंख्याभन्दा बढी प्रयोगकर्ता 

नेपालमा दूरसञ्चार सेवा : कुल जनसंख्याभन्दा बढी प्रयोगकर्ता 

नेपालको कुल जनसंख्याभन्दा बढी दूरसञ्चार सेवाका प्रयोगकर्ता रहेको तथ्याकं नेपाल दूरसञ्चार प्राधिकरणले ल्याएको छ । प्राधिकरणले हालै ल्याएको पुस सम्मको दूरसञ्चार सेवा प्रयोगकर्ता हेर्दा नेपालमा १३६.४४ प्रतिशत जनसंख्यामा यो सेवा पुगेको देखिन्छ ।

विभिन्न सेवाप्रदायकको प्रयोगकर्ता जोड्दा ३ करोड ९९ लाख ६५ हजार ६४३ प्रयोगकर्ता पुगेका हुन् । एउटै प्रयोगकर्ताले एक वा सोभन्दा बढी मोबाइल सिम प्रयोग गर्दा कुल प्रयोगकर्ता पनि बढेका हुन् ।

तथ्याकंअनुसार फिक्स्ड लाइनमार्फत ८ लाख चारसय ६८ पुगेका छन् जुन टेलिकमका ग्राहक हुन् । त्यस्तै मोबाइलबाट भ्वाइस सेवा लिने प्रयोगकर्ता ३ करोड ९१ लाख ६३ हजार ४३३ पुगेका छन् । यसमा नेपाल टेलिकमका २ करोड १२ लाख ९४ हजार ७ सय ८९ प्रयोगकर्ता छन्, जसमध्ये ७ लाख ९७ हजार ४८४ फिक्स्ड लाइन प्रयोगकर्ता छन् ।

\"Image

दूरसञ्चार सेवामा दोस्रो स्थानमा रहेको एनसेलका १ करोड ६३ लाख ७६ हजार ९०८ प्रयोगकर्ता छन् । नेपाल स्याटेलाइट टेलिकम (एनएसटीपीएल)का भने ३ लाख २८ हजार ५३८ सेवाग्राही छन् ।

एक करोड ६६ लाख १२ हजार नेपालीले इन्टरनेट सेवा प्रयोग गरिरहेको प्राधिकरणको एमआईएस रिर्पोटले देखाउँछ । त्यस अनुसार, डेढ करोडभन्दा बढीले तारसहितको फिक्स्ड ब्रोडब्याण्ड, ताररहित फिक्स्ड ब्रोडब्याण्ड र मोबाइल ब्रोडब्याण्डमार्फत इन्टरनेट चलाईरहेका छन् ।

५६ प्रतिशतमध्ये ४४ प्रतिशत हिस्सा मोबाइल ब्रोडब्याण्ड प्रयोगकर्ताको छ । त्यस्तै, तारसहितको फिक्स्ड ब्रोडब्याण्डको हिस्सा ११ प्रतिशत भने ताररहित फिक्स ब्रोडब्यायाण्ड प्रयोग गर्नेहरु १.२३ प्रतिशत छन् ।