कीवर्डहरू -

सानिमा बैंकमा अब भिडिओ कलबाटै खाता खोल्न सकिने

सानिमा बैंकमा अब भिडिओ कलबाटै खाता खोल्न सकिने

सानिमा बैंकले आफ्ना ग्राहकहरुका लागि भिडियो केवाईसी सेवा सुरु गरेको छ । गैर आवासीय तथा नेपाली मुलुकका व्यक्तिले विदेशबाटै अनलाइन खाता खोलेर भिडियो केवाईसी गरी आफ्नो खाता सुचारु गर्न सक्ने छन्।

यससँगै ग्राहकहरु आफ्नो खाता सुचारु गर्न बैंकसम्म पुग्नुपर्ने झन्झटबाट मुक्त भएका छन् । भिडियो केवाईसी सुविधा मार्फत् ग्राहकहरूले सानिमा बैंकको कर्मचारीसँग प्रत्यक्ष रुपमा कुराकानी गरी खाता खोल्दा गर्नुपर्ने अनिवार्य कार्यहरु जस्तै कागजात प्रमाणीकरण, हस्ताक्षर प्रमाणीकरण आदि सरल तरिकाले गर्न सक्नेछन् ।

ग्राहकहरुले अनलाइन खाता खोल्दा भिडियो केवाईसी  विकल्प रोजी कर्मचारीसँग प्रत्यक्ष रुपमा कुराकानी गर्न चाहेको मिति र समय तय गर्नुपर्ने हुन्छ । प्रमाणीकरण स्वीकृत भएको वा नभएको जानकारी ग्राहकलाई इमेल वा फोन कल मार्फत् गरिनेछ ।

भिडियो केवाईसी प्रमाणीकरण प्रक्रियाको स्वीकृत भएपछि ग्राहकले आफ्नोे खातामा रकम जम्मा गर्न तथा खाताबाट वार्षिक रु. १ करोड सम्म खर्च गर्न सक्ने बैंकले जनाएको छ ।