कीवर्डहरू -

अब मेसिनबाटै एनआईसी एशिया बैंकमा पैसा जम्मा गर्न सकिने, एक पटकमा कति जम्मा गर्न सकिन्छ ?

अब मेसिनबाटै एनआईसी एशिया बैंकमा पैसा जम्मा गर्न सकिने, एक पटकमा कति जम्मा गर्न सकिन्छ ?

एनआईसी एशिया बैंकले अब नगद रकम सोझै मेसिनबाट जम्मा गर्न सकिने क्यास डिपोजिट सेवाको शुभारम्भ गरेको छ । यस सेवा मार्फत ग्राहकले सहज रुपमा खातामा नगद रकम जम्मा गर्न सक्ने छन् ।

यस सेवा अन्तर्गत बैंकमा गई कुनै भौतिक फारम बिना ग्राहकले केबल खाता नम्बरको आधारमा मेसिनबाट सोझै रकम जम्मा गर्न सक्ने व्यवस्था रहेको बैंकले जनाएको छ ।

मेसिनबाट रू.१,००० र रू.५०० दरका नोटहरू मात्र जम्मा गर्न मिल्ने व्यवस्था रहेकोमा एक जना ग्राहकको खातामा एक पटकमा अधिकतम रू.९९,५०० गरी दैनिक अधिकतम रू.९,९९,५०० सम्म नगद जम्मा गर्न सकिने छ ।

यस नयाँ सेवाबाट नगद जम्मा गर्नका लागि सेवाग्राहीले रकम जम्मा गर्न इच्छाएको खाता नम्बर उल्लेख गरेपछि मोबाइल नम्बरमा ओपीटी प्राप्त गर्छन् ।  उक्त ओपीटी मेसिनमा उल्लेख गरेर भेरिफाइ भएपछि रकम जम्मा गर्ने प्रक्रिया प्रारम्भ हुनेछ ।

मेसिनमा आफूले जम्मा गर्न चाहेको नगद रकम राखेपछि मेसिनले सो रकम गनेर खातामा तत्काल सहज रुपमा जम्मा गरिदिने र त्यसको जानकारी समेत एसएमएस तथा रिसिप्ट मार्फत उपलब्ध हुने व्यवस्था बैंकले गरेको छ ।

बैंकले यो सेवा हालको लागि आफ्नो न्यूरोडको बिशालबजार शाखामा सञ्चालन गरेको छ भने यस सेवालाई निकट भविष्यमा देशका अन्य शाखाहरूमा समेत विस्तार गर्ने योजना बनाएको छ ।