कीवर्डहरू -

सानिमा बैंकका प्रयोगकर्ताले अब नमस्ते पेमा पैसा लोड गर्न सक्ने

सानिमा बैंकका प्रयोगकर्ताले अब नमस्ते पेमा पैसा लोड गर्न सक्ने

सानिमा बैङ्कका ग्राहकहरूले अब नमस्ते पे वालेटबाट कारोबार गर्न सक्ने भएका छन् । ग्राहकहरूले नमस्ते पे वालेटबाट बैङ्कको मोबाइल बैंकिङ्ग लगइन गरी सजिलै रकमान्तर (चेकआउट) गर्न सक्नेछन् ।

बैंकले ग्राहकहरूका लागि मोबाइल बैंकिङ्ग एप मार्फत फन्ड लोड गर्ने प्रणालीको पनि व्यवस्था चाँडै नै उपलब्ध गराउनेछ ।

बैङ्कको मोबाइल बैंकिङ्ग एपबाट ईसेवा, खल्ती र नमस्ते पे वालेट गरी तिन वटा वालेटमा सेवा उपलब्ध गराइरहेको छ ।

यसैगरी सानिमा बैंकले डिजिटल बैंकिङ्गको अधिकतम प्रयोग र नगदरहित कारोबारलाई प्रोत्साहन गर्न यस्तो कार्यहरू गर्दै जाने भन्ने विश्वास गरेको छ ।