रियलमीले नेपालमा एन्ट्री लेभल स्मार्टफोन रियलमी सी ३१ सार्वजनिक गरेको छ । ६.५२ इन्च डिस्प्ले भएको फोनमा ५००० एमएएचको ब्याट्रि रहेको छ ।
फोनको ब्याट्री स्ट्यान्ड-बाइमा ४५ दिनसम्म टिक्ने कम्पनीको दावी छ । यसमा १.८ गिगाहर्जको अक्टाकोर युनिसोक टी ६१२ प्रोसेसर रहेको छ ।
रियलमी सी ३१ मा १३ मेगापिक्सेलको प्राइमरी क्यामरा रहेको छ भने सेल्फीका लागि ५ मेगापिक्सेलको क्यामेरा दिइएको छ । एन्ड्रोइड ११ मा आधारित सफ्टवेयर राखिएको छ ।
यसको स्टोरजेलाई १ टिबीसम्म बढाउन सकिन्छ । ४ जीबी र्याम र ६४ जीबी इन्टरनल स्टोरेज रहेको फोनको मूल्य १७ हजार ९९९ रूपैयाँ तोकिएको छ ।