ओप्पोले नेपाली बजारमा ‘ए सिरिज’अन्तर्गतको नयाँ स्मार्टफोन ‘ओप्पो ए७७’ सार्वजनिकभएको घोषणा गरेको । टुडी अल्ट्रा स्लिम बडी डिजाइन, र उच्च सुरक्षामापदण्डहरु सहित ए ७७ नेपालमा सार्वजनिक भएको हो ।
ओप्पो ए ७७ मा ५००० एमएएच् ब्याट्री राखिएको छ । ६.५६ एचडी प्लस भएको यस वाटर रेसिस्टेन्सको सुविधा समेत छ । फोनमा डुअल स्टेरियो स्पिकर र ३३ वाट फ्ल्यास चार्जिङ सपोर्ट रहेको छ ।
यसमा ५० मेगापिक्सेलको प्राइमरी क्यामेरा र २ मेगापिक्सलेको डेप्थ सेन्सर तथा ८ मेगापिक्सेलको सेल्फी क्यामेरा रहेका छ । अगाडि र पछाडि दुवै क्यामेराबाट ज्१०८० पीमा भिडियोहरू खिच्न सक्छ ।
यसमा ६० हर्ज रिफ्रेस रेट रहेको छ । डिस्प्लेमा सेल्फीक्या मेराको लागि वाटरड्रप नोच छ, फोनको माथिल्लो भाग र साईड बेजेल न्युनतम छन् र तलको भागअलि ठूलो छ ।
ओप्पो ए ७७ मा मिडिया टेक हेलियो जी ३५ राखिएको छ । फोनमा ४ जीबी र्याम र १२८ जिबीईन्टर्नल स्टोरेजको उपलब्ध छ । यसमा एन्ड्रोइड १२ मा आधारित सफ्टवेयर राखिएको छ ।
फोनबाट फोटो वा भिडियोहरू सार्वजनिक गर्दा भौगोलिक जानकारी र अन्य फोटोको जानकारी (फोटोको नाम, सुटिङ समय, र क्यामेरा मोडेल र प्यारामिटरहरू सहित) हटाउन सकिन्छ ।
गोपनीयता ड्यासबोर्डले २४ घण्टामा तपाईको क्यामेरा, माइक्रोफोन र स्थान जानकारी सहिततपाईको व्यक्तिगत डेटामा कुन-कुनएपहरु प्रयोग गरेको छ भनेर पनि हेर्न सकिन्छ । नेपाली बजारमा यस फोनको मूल्य २५ हजार ९९९ रूपैयाँ तोकिएको छ ।