नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले एसइइ परिक्षा उतिर्ण गरेका विद्यार्थीहरुलाई बम्पर अफर सार्वजनिक गरेको छ ।
यस अफर अन्तरगत एक हजार जना विद्यार्थीहरुले नेपालका विभिन्न कलेजमा शतप्रतिशत स्कलरसिपमा अध्ययन गर्न पाउनेछन् ।
यसका लागि विद्यार्थीहरुले इसेवाको अकाउन्ट खोलेको हुनुपर्नेछ । त्यसपछि इसेवा एप मार्फत आफुले अध्ययन गर्न चाहेको कलेज छानेर आफुले पढ्न चाहेको विषय रोज्नु पर्नेछ । यसका लागि विद्यार्थीले रु १० तिरेर आवेदन दिन सक्नेछन् भने यसमा उनीहरुले १० प्रतिशत क्यासब्याक पनि पाउनेछन ।
यस योजनामा सहभागी हुन विद्यार्थीले आफ्नो वास्तविक मार्कसिट र चारित्रिक प्रमाणपत्र समावेश गर्नुपर्नेछ । कुन कलेजमा पढ्ने भन्ने कुरा ब्लग डट इसेवा डटकम डट एनपीमा हेर्न सकिनेछ ।
विद्यार्थीले इसेवाको कल सेन्टरमा सम्पर्क गरेर पनि थप जानकारी लिन सक्नेछन् । इसेवाले हाल एण्ड्रोइड मोबाईलमा ५२ लाख र आईओएस मोबाईलमा करिब १० लाख गरि ६० लाख बढि ग्राहकलाई एप्स् मार्फत सेवा प्रदान गरिरहेको छ ।
इसेवाले नेपालका सुविधा सम्पन्न क्षेत्रदेखि विकट वस्तीहरुमा हुने आर्थिक कारोबारलाई डिजिटल माध्यम मार्फत धेरै किसिमका सहजता ल्याएको छ ।
इसेवाबाट इन्स्योरेन्स्को प्रिमियम भुक्तानी, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, मोबाईल, टेलिफोन रिचार्ज तथा टपअप, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ ।
इसेवामा हाल ५२ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।