कीवर्डहरू -

डिशहोमको सेवाहरु अब अनलाइनबाटै रिचार्ज गर्न सकिने

डिशहोमको सेवाहरु अब अनलाइनबाटै रिचार्ज गर्न सकिने

डिशहोमले प्रदान गर्ने सेवाहरु अब नेपालमा उपलव्ध अनलाइन सेवा मार्फत रिजार्ज गर्न सकिने भएको छ । आइएमई पे,ईसेवा, खल्ती र प्रभु पेमार्फत डिसहोमले प्रदान गर्ने सेवाहरु रिचार्ज गर्न सकिने भएको हो ।

रिचार्ज गर्ने क्रममा आफूले लिएको सेवाबारे बुझेर मात्र रिचार्ज गर्न कम्पनीले सूचित गरेको छ ।  जस्तै, डिसहोम डीटीएच मात्र प्रयोग गरेको भए टीभी सेग्मेन्टमा गएर डिसहोममा क्लिक गरेर रिचार्ज गर्न सकिन्छ ।

त्यस्तै डिसहोम फाइबरने६ मात्र चलाएको भए इन्टरनेट सेग्मेन्टमा गएर डिसहोम फाइबरनेटमा क्लिक गरेर रिचार्ज गर्न सकिन्छ ।

त्यस्तै फाइबरनेट र डीटीएच कम्बो  प्याकेज लिएको खण्डमा भने टीभी सेग्मेन्टमा गएर डिसहोम कम्बो प्याकेजमा क्लिक गरेर सेवा लिन सकिने कम्पनीले जनाएको छ ।

अनलाइन रिचार्जका क्रममा केही समस्या आएमा ग्राहक केन्द्र ९८०१५४४००० मा सम्पर्क गर्न सकिने कम्पनीले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।