कीवर्डहरू -

आइएमई जनरल इन्स्योरेन्स र नेपाल क्रेडिट एण्ड कमर्स बैंकबीच बैंकान्स्योरेन्स

आइएमई जनरल इन्स्योरेन्स र नेपाल क्रेडिट एण्ड कमर्स बैंकबीच बैंकान्स्योरेन्स

काठमाडौँ । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडबीच बैंकान्स्योरेन्स सेवा सम्झौता भएको छ ।

उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रमेश राज अर्यालले हस्ताक्षर गरेका छन्।

यो सम्झौता पश्चात बैंकका ग्राहकले नेपालभर रहेका नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडका शाखाहरु मार्फत आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले प्रदान गर्ने सबै प्रकारका बीमा सेवाहरु प्राप्त गर्न सक्नेछन्।

बैंकका सबै ग्राहकले आफूले बैकिé सेवा लिईरहेको बैंकको शाखा मार्फत आफूलाई आवश्यक पर्ने सबै प्रकारका निर्जीवन बीमा सेवा प्राप्त गर्नसक्नेछन्।