कीवर्डहरू -

१९ औं संस्करणको प्रविधि मेला ‘लोकस’ आयोजना हुँदै

१९ औं संस्करणको प्रविधि मेला ‘लोकस’ आयोजना हुँदै

१९ औं संस्करणको प्रविधि मेला ‘लोकस’ आयोजना हुने भएको छ । हरेक वर्ष माघमा हुँदै आएको लोकस यस वर्ष पनि माघको दोस्रोसाता आयोजना गर्ने तयारी गरिएको छ ।

३ दिने प्रविधि मेला आयोजना हुनुभन्दा अगाडि प्रि-ईभेन्टको रूपमा विभिन्न प्रतियोगिता, वर्कशप, टक शो, क्विज लगायतका कार्यक्रम आयोजना हुनेछन् ।

यसअघि प्रिइभेन्टको रूपमा हार्डवेयर फ्लोसिप, सफ्टवेयर फ्लोसिप, भिडियो वर्कशप र पीसीबी डिजाइनका कार्यक्रम सम्पन्न भइसकेका छन् । प्रिईभेन्टका बाँकी कार्यक्रम मंसिरमा गर्ने लोकसको तयारी छ ।

यस वर्षको लोकसको थिम आगामी साउन २२ गते घोषणा गरिने छ । उक्त थिम अनुसार विद्यार्थीहरूले परियोजना बनाएर माघमा हुने लोकसको मेलामा देखाउन सक्नेछन् ।

थिम अनुसारका बाहेक विद्यार्थीले बनाएका अन्य परियोजना पनि प्रदर्शनीमा राख्न सकिने छ । नेपालभरका कलेज तथा विद्यालयहरूले लोकसमा आफ्नो ज्ञान र सीप देखाउन सक्नेछन् । यस पटकको लोकस मेला ३५ हजार बढीले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।

पुल्चोक क्याम्पसमा स्नातक तहमा अध्ययन गर्ने इलेक्ट्रिकल्स, इलेक्ट्रोनिक तथा कम्प्युटर इन्जिनियरिङका विद्यार्थीहरुले हरेक वर्ष ‘लोकस’ आयोजना गर्दै आएका छन् । सन् २००३ देखि नै लोकस आयोजना भइरहेको छ ।