कीवर्डहरू -

फर्चुन ५०० को सूचीमा विद्युतीय सवारी निर्माता कम्पनी बीवाईडी

फर्चुन ५०० को सूचीमा विद्युतीय सवारी निर्माता कम्पनी बीवाईडी

काठमाडौं । विद्युतीय सवारी निर्माण गर्ने विश्वविख्यात चिनियाँ कम्पनी बीवाईडी फर्चुन ग्लोबल फाइभ हन्ड्रेड २०२२ को सूचीमा पर्न सफल भएको छ ।

अत्याधुनिक प्रविधि, उच्च गुणस्तरीय उत्पादन र वृहत बजार भएको बीवाईडीले यस वर्ष २३१.६ प्रतिशतको वृद्धि हासिल गरेको थियो ।

कम्पनीले २०२१ मा ७ लाख ३० हजार ९३ ओटा प्यासेन्जर भेहिकल विक्री गरेको थियो । यसबाहेक कम्पनीले ५ लाख ९३ हजार ७ सय ४५ ओटा न्युँ एनर्जी प्यासेन्जर भेहिकल खरिद गरेको थियो ।

यसबाहेक घरेलु देश चीनमा समेत बीवाईडीले लगातार पछिल्लो ९ वर्षदेखि न्यू एनर्जी प्यासेन्जर भेहिकलको उत्कृष्ट विक्रेताको स्थान ओगट्दै आइरहेको छ ।

२०२२ को पहिलो ६ माहिनामा बीवाईडीले ६ लाख ३८ हजार १ सय ५७ ओटा न्युँ एनर्जी प्यासेन्जर भेहिकल विक्री गरेको थियो जुन अघिल्लो वर्षको तुलनामा ३२४.८ प्रतिशतले वृद्धि भएको हो ।

हरित प्राविधिक नवप्रवर्तनको लक्ष्य लिएको बीवाईडीको न्युँ एनर्जी भेहिकल हाल ६ महादेशका ७० ओटा मुलुक अन्तर्गतका ४ सयभन्दा धेरै शहरहरुमा पुगिसकेका कछन् ।

बीवाईडीले आफ्नो प्यासेन्जर भेहिकलको विश्विकरण गर्ने क्रममा यसै वर्षको जुलाई २१ देखि जापानमा आफ्नो प्यासेन्जर भेहिकललाई आधिकारिक रुपमा निर्यात गर्न सुरु गरेको छ ।

यसैगरी मार्च देखि इन्टरनल कम्बसन इन्जिनयुक्त कारको उत्पादनलाई बन्द गर्दै ब्याट्रीयुक्त विद्युतीय र प्लग इन हाइब्रिड विद्युतीय सवारीको मात्र उत्पादन गर्ने नीति सहित अगाडी बढेको छ ।

हाल बीवाईडीले अटोमोबाइल बाहेक रेल ट्रान्जिट, नविन उर्जा तथा विद्युतीय सामाग्री समेत उत्पादन गरिरहेको छ ।