अन्तर्राष्ट्रिय युवा दिवस २०२२ को अवसरमा राष्ट्रिय युवा परिषद्ले भिडियो प्रतियोगिता आयोजना गर्ने भएको छ । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा परिषद्ले युट्यूब तथा टिकटक भिडियो प्रतियोगिता आयोजना गरेको हो ।
टिकटकमा भिडियो बनाउने मध्येबाट पहिलो हुनेलाई ३० हजार, दोस्रोलाई २० हजार, तेस्रोलाई १५ हजार र सान्त्वनालाई १० हजार रूपैयाँ पुरस्कार दिने जनाएको छ ।
त्यस्तै युट्युव भिडियो तर्फ प्रथमलाई ४० हजार दोस्रोलाई ३० हजार, तेस्रोलाई २० हजार र सान्त्वनालाई १० हजार रूपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ । आफुले बनाएको भिडियो टिकटक र युट्युबमा राखेर त्यसको लिंक परिषदलाई पठाउनु पर्नेछ ।
टिकटक र युट्युबमा राखेको भिडियोको लिंक आउँदो साउन २२ गतेसम्म पठाइ सक्नुपर्नेछ । लिंक पठाउँदा नागरिकता वा जन्मदर्ताको प्रमाणपत्र पनि अनिवार्य पठाउनु पर्नेछ । भिडियोको लिंक यहाँ क्लिक गरी मागिएको आवश्यक विवरण राखेर पठाउन सकिने छ ।