कीवर्डहरू -

इम्बोस्ड नम्बर प्लेटमा अनिवार्य नेपाली भाषा प्रयोग गर्न नेपाल बार एशोसिएसनको माग

इम्बोस्ड नम्बर प्लेटमा अनिवार्य नेपाली भाषा प्रयोग गर्न नेपाल बार एशोसिएसनको माग

नेपाल बार एशोसिएसनले इम्बोस्ड नम्बर प्लेटमा नेपाली भाषा प्रयोग गर्न सरकारसँग माग गरेको छ । एशोसिएसनले सवारीसाधनको नम्बर प्लेटमा अंग्रेजी भाषा प्रयोग गरिएको भन्दै अनिवार्य नेपाली भाषा (देवनागिरी लिपी) प्रयोग गर्न माग गरेको हो ।

नेपालको संविधानको धारा ६ मा ‘नेपालमा बोलिने सबै मातृ भाषाहरू राष्ट्र भाषा हुन्’ भन्ने व्यवस्था छ । धारा ७ मा ‘देवनागरी लिपिमा लेखिने नेपाली भाषा नेपालको सरकारी कामकाजको भाषा हुनेछ’ भन्ने व्यवस्था छ ।

तसर्थ सवारी तथा यातायात व्यवस्था विभागबाट सवारी साधनको नम्बर प्लेटमा अंग्रेजी भाषाको प्रयोग गरिनु संवैधानिक व्यवस्थाको भावना र मर्म प्रतिकूल रहेको बारको धारणा छ ।

नेपाली नागरिकले सदियौं देखि प्रयोग गर्दै आएको भाषा प्रयोग नगरी अन्य भाषाको प्रयोग गरिनु नेपाली नागरिकको भाषा सम्बन्धि संविधानले प्रत्याभूत गरेको सवैधानिक हकको हनन भएको बारको ठहर छ ।