कीवर्डहरू -

पर्समा बोकेर हिड्न मिल्ने \'पिनकोइ  वालेट एसएसडी\'

पर्समा बोकेर हिड्न मिल्ने \'पिनकोइ  वालेट एसएसडी\'

पिनकोइ मोबोस्ट वालेट एक्सटर्नल स्मार्ट स्टोरेज डिभाईस हो । यो बोक्नलाई सजिलो सानो र हलुका रहेको छ । पर्समा नै बोक्न सकिने भएकोले कम्पनीले वालेट प्रडक्टसगै निशुल्क प्रदान गर्दछ ।

यसले पेनड्राइभ वा हार्डडिस्कभन्दा धेरै नै चाडो डाटा ट्रान्सफर गर्दछ । कम्पनीले १४ गुढा फास्ट डाटा ट्रान्सफर गर्न सकिने जनाएको छ ।


नेपालमा १२०, २४० र ४८० जीबी स्टोरेजका तीन प्रडक्टहरु उपलब्ध छन । यसमा युएसबि ‘ए’ देखि ‘सि’ टाईपको केबलहरु रहेका छन् । जसले जुनै मोवाइल डिभाइसमा पनि कनेक्ट गर्न सकिन्छ । यसलाई एन्ड्रोइड, म्याक, विन्डो ७ भन्दा माथिको डिभाईस र लिनक्स कनेक्ट गरि सजिलै डाटा ट्रान्सफर गर्न सकिन्छ ।

नेपालमा आर एण्ड डी सप्लायर्सले उपलब्ध गराएको यो प्रडक्ट  हेर्दा आकर्षक र बोक्नलाइ पोर्टेवल छ ।  कम्पनीले एसएसडी संगै यो राख्नको लागि लेदरको ओर्जिनल वालेट पनि प्रदान गर्नेछ ।  २४० जिबीको स्टोरेज डिभाइसको मुल्य रु १३ हजारको हाराहारीमा रहेको छ ।

प्रडक्ट खरिद गर्न वा थप जानकारी लिन यहाँ क्लिक गर्नुहोस