कीवर्डहरू -

सहकारी बैंकले सुरू गर्‍यो सहकारी पहिचान सहितको कोप कार्ड

सहकारी बैंकले सुरू गर्‍यो सहकारी पहिचान सहितको कोप कार्ड

राष्ट्रिय सहकारी बैंकले सहकारीहरुको लागि सहकारी पहिचान सहितको कोप सुरू गरेको छ । स्मार्टच्वाइस टेक्नोलोजी र ग्लोबल आईएमई बैंकको सहकार्यमा राष्ट्रिय सहकारी बैंकले उक्त कोर्ड सुरू गरेको हो ।

नेपाल राष्ट्र बैंकको नीति तथा निर्देशन अनुरूप यस स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडले समग्र भुक्तानी प्रणालीमा र विद्युतीय कारोवारमा एटीएम कार्ड, स्मार्ट क्यूआर र मोवाइल बैंकिङ मार्फत आफनो सेवा दिँदै आएको छ ।

अहिलेसम्म बैंक तथा वित्तीय संस्थाहरुलाई मात्र सुविधा पुर्‍याउँदै आइरहेकोमा हाल बढ्दै गएको सहकारीको भूमिका र कारोबार समेतलाई मध्यनजर गर्दै सहकारीहरुले पनि न्यूनतम लागतमा सहजै एटीएम कार्ड जारी गर्न सक्ने प्रविधि र प्रकिया मिलाईएको छ ।

विगत केहि समय अगाडि देखि एससीटीले १०० भन्दा बढी सहकारीहरुलाई कार्ड सेवा दिइसकेता पनि यसलाई अझ बढी प्रभावकारी बनाउन र सहकारीका सबै सदस्यलाई सेवा पुर्‍याउन राष्ट्रिय सहकारी बैंक लिमिटेडको सहकार्यमा बैंकमा आबद्ध सम्पूर्ण सहकारीहरुलाई एउटै ब्राण्डको कोपकार्ड जारी गरी संचालनमा ल्याउन लागेको हो  ।

यसरी प्रदान गर्ने कार्ड अन्तर्राष्ट्रिय स्तरको चिप कार्ड र कन्टाक्टलेश प्रविधिमा आधारित हुने र नेपाल तथा भारतका एटीएम/पोस जुनसुकै स्थानबाट सहजै चलाउन सकिने छ । यस कोप कार्ड ग्लोबल आइएमई बैंकको प्रायोजनमा राष्ट्रिय सहकारी बैंक मार्फत सहकारीहरुले जारी गर्नेछन् ।