कीवर्डहरू -

इन्फोडेभलपर्सले मनायो २० औं वार्षिकोत्सव

इन्फोडेभलपर्सले मनायो २० औं वार्षिकोत्सव

नेपालको अग्रणी सूचना प्रविधि कम्पनी इन्फोडेभलपर्सले २० औं वार्षिकोत्सवको मनाएको छ । ललितपुरको हेरिटेज गार्डेनमा एक कार्यक्रम आयोजना गर्दै इन्फोडेभलपर्सले आफ्नो २० औं वार्षिकोत्सव मनाएको हो ।

कार्यक्रममा आईएमई ग्रुप अध्यक्ष चन्द्र ढकाल प्रमुख अतिथिको रूपमा उपस्थिति रहेको छ । कार्यक्रममा इन्फोडेभलपर्सले सुरूवाती चरणमा सफ्टवेयर प्रयोग गर्ने २ सहकारी, च्यानल पार्टनर र लामोसमयदेखि काम गरेका कर्मचारीलाई सम्मान गरेको छ ।

२० वार्षिकोत्सवको अवसरमा इन्फोडेभलपर्सका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत उमेश रघुवंशीले इन्फोडेभलपर्सलाई नेपालको नम्बे वान आईटी कम्पनी बनाउने लक्ष्य रहेको बताए ।

१९ वर्षअघि एउटा कोठाबाट ६० हजार रुपैयाँको लगानीमा सुरु भएको कम्पनीले अहिले लाखौ मानिसलाई डिजिटल सेवासँग जोडिरहेको छ भने ३५० बढीलाई प्रत्यक्षरुपमा रोजगारी दिएको छ ।

कम्पनीले माइक्रोफाइनान्स तथा सहकारीका लागि कोर बैंकिङ सिस्टम, मोबाइल बैंकिङ, ब्रान्चलेस बैंकिङ, मर्चेन्ट बैंकिङ सिस्टम विकास गरी सेवा प्रदान गर्दै आइरहेको छ ।

विदेशी सफ्टवेयरहरुको दवदवा रहेको नेपालमा स्वदेशी प्रडक्टमाथि विश्वास दिलाउन कम्पनीको प्रयास र भुमिका उल्लेखनीय छ । वार्षिक ५० करोड रूपैयाँको कारोबार गर्ने इन्फोडेभलपर्सको सेवा नेपालमा मात्र होइन् भुटान, भारत तथा अमेरिकामा पनि विस्तार भएको छ ।