कीवर्डहरू -

ह्वावे मेट ट्वान्टी प्रो ले पायो एमडब्लुसी बार्सिलोना २०१९ मा सर्वोत्कृष्ट स्मार्टफोनको पुरस्कार

ह्वावे मेट ट्वान्टी प्रो ले पायो एमडब्लुसी बार्सिलोना २०१९ मा सर्वोत्कृष्ट स्मार्टफोनको पुरस्कार

बार्सिलोना, फरबरी २६– स्पेनको बार्सिलोनामा आयोजना भएको मोबाइल वल्र्ड कंग्रेस–एमडब्लुसी २०१९ मा कार्यक्रम आयोजक जीएसएमएबाट ह्वावे कन्ज्युमर बिजनेस ग्रुप बीजीले पुरस्कार प्राप्त गरेको छ ।


सो मोबाइल वर्ल्ड कंग्रेसमा ह्वावेको मेट ट्वान्टी प्रो ले सर्वोत्कृष्ट स्मार्टफोनको पुरस्कार पनि जित्न सफल भयो । शक्तिशाली कार्यक्षमता, सर्वोत्कृष्ट क्यामरा प्रणाली, लामो समयसम्म टिकाउ हुने ब्याट्री, नवीन प्रविधियुक्त चार्जिङ र आकर्षक डिजाइनका लागि मेट ट्वान्टी प्रो ले सर्वोत्कृष्ट स्मार्टफोनको पुरस्कार हासिल गरेको हो । 

विश्वभर रहेका प्रयोगकर्ताहरूलाई सर्वोत्कृष्ट उत्पादनहरू र उत्कृष्ट अनुभव प्रदान गर्ने र अग्रणी प्रविधिहरू प्रयोग गर्ने ह्वावेको प्रतिबद्धतालाई यो पुरस्कारले प्रमाणित गरेको छ ।

“ह्वावेको मेट ट्वान्टी प्रो लाई दिएको यो सम्मानका लागि जीएसएमएलाई धन्यवाद दिन चाहान्छौँ । ह्वावेको मेट ट्वान्टी सिरिजमा कम्पनीको सबैभन्दा नवीन डिएनए र सबैभन्दा महत्त्वपूर्ण रूपमा अभूतपूर्व प्रविधिले प्रयोगकर्ताहरूलाई मोबाइलफोन प्रयोगको अतुलनीय र उत्कृष्ट अनुभव  प्रदान गर्दछ ।

ह्वावे मेट ट्वान्टी प्रो को उच्च बिक्रीको आँकडाले विश्वभरका ग्राहकहरूको माया र विश्वास जितेको पुष्टि गर्दछ। अभूतपूर्व प्रविधिमार्फत् हामी हाम्रा ग्राहकहरूसमक्ष सर्वोत्कृष्ट उत्पादनहरू र अनुभव प्रदान गर्न सदा प्रतिबद्ध छौँ ।” ह्वावे कन्ज्युमर बिजीअन्तर्गतको ह्यान्डसेट बिजनेसका अध्यक्ष केभिन हो ले भन्नुभयो । 

जीएसएमएद्वारा सुरूमा मनोनीत र त्यसपछि सर्वोत्कृष्ट स्मार्टफोनको पुरस्कार प्राप्त ह्वावे मेट ट्वान्टी प्रो ह्वावेको फ्याल्गशीपको पछिल्लो स्मार्टफोन हो । ह्वावेको मेट ट्वान्टी प्रोमा विश्वकै पहिलो ७ एनएम मोबाइल एआई किरिन ९८० जडान गरिएको छ जसले मोबाइलफोनलाई उच्च कार्यक्षमता र टिकाउ ब्याट्री प्रदान गर्छ।

साथै यो स्मार्टफोनले ४० वाट ह्वावे सुपरचार्जलाई सपोर्ट गर्दछ जुन बजारमा उपलब्ध सबैभन्दा छिटो चार्ज हुनेमध्येको एउटा सलुसन हो। त्यसैगरी १५ वाट ह्वावे वायरलेस क्वीक चेन्ज र वायरलेस माध्यममार्फत् अन्य मोबाइल फोनहरू र अन्य विद्युतीय उपकरणहरू पनि चार्ज गर्न मिल्ने रिभर्स वायरलेस चार्जिङ पनि यो स्मार्टफोनले सपोर्ट गर्दछ ।

यस स्मार्टफोनको पछाडि लाइका अल्ट्रा वाइड लेन्सजडित म्याट्रिक्स क्यामरा प्रणाली जडान गरिएको छ। यसबाट वाइड एंगल फोटोग्राफी र टाढाको दूरीमा रहेको तस्वीरहरू पनि खिच्न सकिन्छ । ह्वावेको मेट ट्वान्टी प्रो मा इएमयूआई ९.० जडान गरिएको छ जुन ह्वावको प्रकृतिबाट प्रेरित एन्ड्रोइड कस्टम अपरेटिङ प्रणाली हो। त्यसमा इशाराबाट नेभिगेसन हुने र अन्य फोनहरूमा नभएका कैयौँ नयाँ विशेषताहरू रहेका छन् ।


जीएसएमएले विश्वभरका मोबाइल संचालकहरूको प्रतिनिधित्व गर्दछ र यसको बृहत् मोबाइल इकोसिस्टक अन्तर्गत ७ सय ५० भन्दा बढी संचालकहरू र ३ सय ५० भन्दा बढी कम्पनीहरूलाई एकताबद्ध गर्दछ ।
जीएसएमएले वार्षिक रूपमा बार्सिलोना, लस एन्जलस र सांघाईमा  मोबाइल वर्ल्ड कंग्रेस–एमडब्लुसी कार्यक्रमहरू र मोबाइल ३६० सिरिजको क्षेत्रीय सम्मेलनहरूको आयोजना गर्ने गर्दछ ।

“ग्राहक– पहिला” भन्ने मूलमन्त्रबाट अभिप्रेरित ह्वावेले सबै मानिसहरूले डिजीटल जीवनको फाइदाहरू उपभोग गर्न सकून् भनेर प्रतिबद्ध छ । फाइभ जी प्रविधि आगमनका क्रममा रहेपनि ह्वावेले फाइभ जीका पूरै उत्पादनहरूको विकास गरिसकेको छ र प्रयोगकर्ताहरूलाई पूर्ण सिन्क्रोनाइज्ड अनुभव प्रदान गर्ने गर्दछ ।

मोबाइल वल्र्ड कंग्रेस–एमडब्लुसी २०१९ मा ह्वावेले कम्पनीकै पहिलो फाइभ जी फोल्डेबल फोन ह्वावे मेट एक्स, ह्वावे मेटबुक एक्स प्रो, ह्वावे मेटबुक फोरटिन र ह्वावे मेटबुक थर्टिन तथा ह्वावे फाइभ जी सीपीई प्रो पनि सार्वजनिक गर्यो ।