कीवर्डहरू -

भन्सार छलीका १२ थान मोबाइलसहित एक भारतीय पक्राउ

भन्सार छलीका १२ थान मोबाइलसहित एक भारतीय पक्राउ

भारतबाट भन्सार छलि ल्याएको विभिन्न कम्पनीको मोबाइलसहित   एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा काठमाडौं गौशाला बस्ने भारतको पंजावस्थित जालंधर नगर सैदाँ गेट घर भएका ३५ वर्षीय संदीप अहुजा रहेका छन् ।

अहुजाले भारतबाट भन्सार छलि चोरी पैठारी गरी ल्याई मोवाईल बिक्री गर्ने गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले गौशालास्थित होटेल कल्चर इनको कोठा नम्बर २०३ मा भन्सार छलि चोरी पैठारी गरी ल्याई बिक्री गर्न उद्धेश्यले राखेका विभिन्न कम्पनीका १२ थान मोबाइल सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

उनलाई आवश्यक कारबाहिको लागि त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल भन्सार कार्यालय गौचरण काठमाडौं पठाइएको उक्त कार्यालयले जनाएको छ ।