कीवर्डहरू -

मानसिक स्वास्थ्य विशेषज्ञको जानकारी दिने वेबसाइट नेपाल मेन्टल हेल्थ डटकम सार्वजनिक

मानसिक स्वास्थ्य विशेषज्ञको जानकारी दिने वेबसाइट नेपाल मेन्टल हेल्थ डटकम सार्वजनिक

मानसिक स्वास्थ्य विशेषज्ञहरुको जानकारी दिने गरी नेपाल मेन्टल हेल्थ डटकम वेबसाइट सार्वजनिक भएको छ । नेपाल मानसिक स्वास्थ्य पहलले मानसिक स्वास्थ्य जानकारी दिन उक्त वेबसाइट सुरू गरेको हो ।

सो पहलमा मानसिक स्वास्थ्यको क्षेत्रमा रहेको विभिन्न विषयहरुमा काम गर्न भनेर छ वटा संस्थाहरू ग्लोबल सेपर्स काठमाडौं हब, अन्तरङ, युवा, ह्याप्पी माइन्ड्स, नेपाल इन्स्टिच्युट फर रिसर्च एण्ड कम्युनिकेसन्स (एनआईआरसी), र पहिलो कदम आवद्ध रहेका छन् ।

नेशनल कलेज अडिटोरियम हलमा आयोजित एक कार्यक्रममा मानसिक स्वास्थ्य विशेषज्ञहरु, विभिन्न मानसिक स्वास्थ्य संस्थाका प्रतिनिधिहरू र अन्य सहभागीहरूकाबीच आईतबार वेबसाइट सार्वजनिक गरिएको छ ।

विगतमा यस्तै डाटाबेसहरू व्यक्तिगत र संगठनात्मक रुपमा निर्माण गर्ने प्रयासहरू भएपनि सामूहिक प्रयासमा बनाईएको भने यो पहिलो पटक हो ।

संस्थागत पहलका सदस्य सौरभ थापा श्रेष्ठले मानसिक स्वास्थ्य विशेषज्ञहरू खोज्नलाई सजिलैसँग जानकारी उपलब्ध गराउने गरी वेबसाइट ल्याएको बताए ।

वेबसाइटबाट प्रयोगकर्ताहरुलाई मानसिक स्वास्थ्य विशेषज्ञहरूको परामर्श समयदेखि शुल्क र वेबसाइटमा रहने अध्ययनका स्रोतहरूसम्मको जानकारी पाइने छ । यसमार्फत प्रयोगकर्ताहरुले फारम भरेर अन्य उल्लेख नभएका विशेषज्ञहरुलाई पनि सिफारिस गर्न सक्छन् ।

कार्यक्रममा मानसिक स्वास्थ्यमा डाटाबेसको महत्व बारे छलफल समेत भएको थियो । छलफलमा आयोजक संस्थाका प्रतिनिधिहरु अन्ज पौडेल, पहिलो कदम, सुनिता श्रेष्ठ, अन्तरङ, द्रोण उप्रेती, एनआईआरसी, ह्याप्पी माइन्ड्सबाट श्रेया गिरी र युवाबाट रिजु ढकाल रहेका थियो भने ग्लोबल सेपर्स काठमाडौं हबबाट गुञ्जन घिमिरे सहभागी थिए ।

वेबसाइटमा रहेका जानकारीहरु विशेष गरी सेवा खोज्ने प्रयोगकर्ताहरूका उपयोगि भएको रिजु ढकालले बताइन् । त्यस्तै हिलो कदमका क्षेत्रीय प्रमुख अनामिका नेहरेले नेपाल मानसिक स्वास्थ्य इनिसिएटिभदद्वारा आगामी दिनहरुमा मानसिक स्वास्थ्य अन्तर्गतका विषयहरुमा चेतना फैलाउने योजनाका रहेको जानकारी दिइन् ।