कीवर्डहरू -

एनसेलको नाम र लोगो प्रयोग गर्दै फिशिङ, सचेत रहन र व्यक्तिगत विवरण नदिन अनुरोध  

एनसेलको नाम र लोगो प्रयोग गर्दै फिशिङ, सचेत रहन र व्यक्तिगत विवरण नदिन अनुरोध  

निजी क्षेत्रको मोबाइल सेवा प्रदायक एनसेलले आफ्नो लोगो र नाम प्रयोग गर्दै फिशिङ भइरहेको भन्दै सचेत रहन प्रयोगकर्तालाई आग्रह गरेको छ ।

एक सूचना जारी गर्दै एनसेलले नाम, लोगो र पछिल्ला केही अफरका विज्ञापन डिजाइन समेतको दुरुपयोग गरी विभिन्न फेसबुक पेज र लिङ्कमार्फत प्रयोगकर्तालाई प्रलोभनमा पार्टी भ्रामक पोस्ट तथा सन्देश प्रचार भएको पाइएकाले सजग रहन आग्रह गरेको हो ।

त्यस्ता प्रचारसँग सम्बन्धित पेज वा लिङ्कमा क्लिक गरी आफ्ना व्यक्तिगत विवरण नदिन समेत कम्पनीले अनुरोध गरेको छ ।

यस्ता अनाधिकृत रुपमा संचालित पेज, लिङ्ग वा वेबसाइटका भ्रामक प्रचारमा विश्वास गर्दा आफ्ना व्यक्तिगत विवरण चोरी हुने, अकाउन्ट ह्याक हुनेजस्ता जोखिम रहन्छन् ।

आधिकारिक रुपमा उपलब्ध गराएको सूचना वा कम्पनीको आधिकारिक वेबसाइट र सामाजिक संजाल पेजमा उपलब्ध जानकारीलाई मात्र विश्वास एनसेलले जनाएको छ ।