कीवर्डहरू -

मल्टिसिसले नेपालमा सार्वजनिक गर्‍यो ग्राण्डस्ट्रिमका तीन नयाँ प्रडक्ट

मल्टिसिसले नेपालमा सार्वजनिक गर्‍यो ग्राण्डस्ट्रिमका तीन नयाँ प्रडक्ट

अमेरिकी कम्पनी ग्राण्डस्ट्रिम नेटवर्किङका ३ नयाँ आईटी प्रडक्ट नेपालमा सार्वजनिक भएका छन् । गत बिहीबार काठमाडौंको एल्फ्ट होटलमा आयोजना भएको एक कार्यक्रम ३ वटा नयाँ प्रडक्ट सार्वजनिक गरिएको हो ।

ग्राण्डस्ट्रिमको २० औं वार्षिकोत्सवको अवसरमा आयोजना ग्राण्डशो २०२२ कार्यक्रममा फोन र २ नेटवर्किङका सामान नेपालमा सार्वजनिक भएका थिए । नेपालमा उक्त प्रडक्ट सार्वजनिक भएपनि बजारमा भने उपलब्ध छैनन् ।

बजारमा केही समयपछि उपलब्ध हुने नेपालका लागि ग्राण्डस्ट्रिम प्रडक्टको आधिकारिक बिक्रेता गर्न इन्फोसिस प्रालि जानकारी दिएको छ ।

\"\"

यसअघि पनि मल्टिसिसले ग्राण्डस्ट्रिमका आईपी फोन, आईपी भिडियो फोन, एक्सटेन्सन मोड्युल, राउटर, वाईफाई एक्सेस पोइन्ट, वाईफाई म्यानेजमेन्ट सिस्टम, भिडियो एण्ड अडियो कन्फेरेन्सिङ, डिभाइस म्यानेजमेन्ट सिस्टम, एटीए, गेटवे, आईपी क्यामेरा, वेब क्याम्प, हेडसेट लगायतका प्रडक्ट बिक्री गर्दै आएको छ ।

ग्राण्डस्ट्रिम सन् २००२ मा स्थापना भएको हो । यसले आइटीसँग सम्बन्धित विभिन्न उत्पादनहरू बिक्री वितरण गर्दै आएको छ । त्यस्तै सन् १९९२ मा स्थापना भएको मल्टिसिस नेपालमा आईटी तथा सर्भिलेन्सका प्रडक्टहरू बिक्री गर्दै आएको छ ।