कीवर्डहरू -

सुपर डान्सर नेपाल रियालिटी शोको पावर्डबाई प्रायोजकमा डिशहोम फाईबरनेट

सुपर डान्सर नेपाल रियालिटी शोको पावर्डबाई प्रायोजकमा डिशहोम फाईबरनेट

आउने सातादेखि कान्तिपुर टेलिभिजनमा प्रशारण सुरु हुन तम्तयार सुपर डान्सर नेपालको पावर्डबाई प्रायोजन डिशहोम फाईवरनेटले गरेको छ । सँगसँगै ईन्टरनेट पार्टनर पनि डिशहोम फाईवरनेट नै रहेको छ ।

सुपर डान्सर नेपाल भारतीय रियालिटी शोको फ्रेन्चाईज प्रोडक्ट हो । सुपर डान्सर भारतमा समेत अहिलेसम्मकै सबैभन्दा ठूलो तथा सर्वाधिक रुचाइएको बालबालिका र परिवार लक्षित टिभी रियालिटि शो हो ।

चारदेखि १४ वर्ष उमेर समूहका बालबालिकाबीच प्रतिस्पर्धा हुने यो रियालिटी शो सुपर डान्सर नेपालको निर्णायकमा भुवन केसी, अभिनेत्री जसिता गुरुङ र ख्याती प्राप्त कोरियोग्राफर सुरेन्द्र राई रहनेछन् ।

नेपालभर विभिन्न शहरहरु काठमाडौं, पोखरा, इटहरी, हेटौंडा, बुटवल, र नेपालगञ्ज लगायतमा फिजिकल अडिसन सम्पन्न भई सकेको र नेपाल बाहिरका नेपालीभाषी भएको ठाउँहरुको प्रतिभा समेत सहभागी गराउने उदेश्यका साथ डिजिटल अडिसन समेत गरिएको थियो ।

कार्यक्रमको होस्टमा अभिनेता विल्सन बिक्रम राई र नृत्याङ्गना कबिता नेपाली रहने छन् । हरेक हप्ता विहिबार र शुक्रबार प्रशारण हुने सुपर डान्सर नेपाल कान्तिपुर टिभी एचडीमा श्रावण २६ गते राती ९ बजेदेखि प्रसारणमा आउँदैछ ।