कीवर्डहरू -

एन्ड्रोइड १३ मा आधारित वान यूआई फाइभ बेटा सार्वजनिक

एन्ड्रोइड १३ मा आधारित वान यूआई फाइभ बेटा सार्वजनिक

सामसंगले ग्यालेक्सी एस २२ फोनमा एन्ड्रोइड १३ मा आधारित वान यूआई फाइभ बेटा सार्वजनिक गरेको छ । यो बेटा अपडेट कम्पनीले दक्षिण कोरिया, अमेरिका र जर्मनीमा रहेका ग्यालेक्सी एस २२ फोनहरुका लागि उपलब्ध रहेको छ ।

यो अपडेट सामसंको अनप्याक्ड ईभेन्टको केही दिन अघि सार्वजनिक भएको हो । वान यूआई फाइभ बेटाले प्रयोगकर्ताहरुलाई कस्टोमाइज गर्ने अप्सन, नोटिफिकेसनको विभिन्नि फिचर र नयाँ एक्सेसिबिलीटी तथा सुरक्षा सेटिंगको फिचर दिने गर्दछ ।

यसमा वालपेपरको आधारमा १६ ओटा प्रिसेट कलर थिम पनि रहेको छ । यसबाहेक होम स्क्रीनसँग पनि कलर मिल्नका लागि थप बाह्र रगं पनि राखिएको छ ।

यस अपडेटले एकै साइज भएको विजेटलाई एक माथि अर्को गरेर पनि राख्न दिन्छ । यसमा नयाँ म्याग्निफायर टूल पनि रहेको छ जसले फोनको क्यामेरा प्रयोग गरेर वास्तविक वस्तु तथा टेक्सटमा जूम इन गर्न दिने गर्दछ ।

यो सँगै यस अपडेटले किबोर्ड इन्पुटलाई बोलेर पढ्न दिन्छ । यसमा नोटिफिकेसनका लागि एप डेभलपरहरुले प्रयोगकर्ताको अनुमति मागेर मात्रै नोटिफिकेसन पठाउन मिल्ने व्यवस्था पनि रहेको छ । कम्पनीले यो अपडेट अरु डिभाइस तथा अरु क्षेत्रहरुमा पनि रोलआउट गर्ने सोचेको छ ।