कीवर्डहरू -

आईफोनमा अब फेरि ब्याट्री पर्सेन्टेज हेर्न मिल्ने

आईफोनमा अब फेरि ब्याट्री पर्सेन्टेज हेर्न मिल्ने

आईओएस १६ बेटामा आईफोनमा पुनः ब्याट्री पर्सेन्टेज आइकन देखिएको छ । एप्पलले हालैमा पाँचौँ आईओएस १६ डेभलपर बेटा सार्वजनिक गरेको थियो ।

यसले तपाईको ब्याट्री प्रतिशतको इन्डिकेटर देखाउने आइकनलाई फर्काएको छ । अहिले अरू बेटा भर्सन इन्स्टल गरेका प्रयोगकर्ताले चार्ज अनुमान गर्दै मोबाइल चलाउनुपर्ने हुन्थ्यो तर अब भने फेरि पनि कति प्रतिशत चार्ज फोनमा छ भनेर थाहापाउन सकिने भएको छ ।

एप्पलले यो आइकन सन् २०१७ मा हटाएको थियो । योसँगै फोनमा चार्जर जोड्दा पनि चार्ज हरियो देखाएर कति प्रतिशत चार्ज भयो भनेर हेर्न सकिन्छ । लक स्क्रीमा पनि के हेर्ने नहेर्ने भनेर एडिट गर्न सकिने भएको छ ।