कीवर्डहरू -

के साच्चै हामीलाई रोबोट मन पर्न थालेको हो ?

के साच्चै हामीलाई रोबोट मन पर्न थालेको हो ?

रोबोट एक प्रकारको मानव निर्मित यन्त्र र कम्प्युटर प्रोग्राम हो । यसलाई हेर्दा लाग्छ यो यन्त्र भित्र पनि जीवन छ । रोबोटको निर्माण विभिन्न प्रकारको काम गराउनको लागि गरिन्छ ।

यसभित्र मानिसहरुसँग दोहोरो संवाद गर्न सक्ने प्रोग्राम राखिएको हुन्छ । रोबोट सबैभन्दा पहिला कहिले र कहाँ बन्यो होला र कसले निर्माण गर्यो होला आदि अनेकौं कौतुहल्ता हुन सक्छ ।

रोबोटको सुरुवातको कुरा गर्दा धेरै पौराणिक कथाहरुमा समेत रोबोटको विकास भएका तथ्यहरु उल्लेख गरिएका छन् । रोबोटहरु हिड्न सक्छन् ,आँखाले वस्तुलाई स्क्यान गरेर हेर्न सक्छन्  ।

अनेक प्रकारका शारीरिक हलचल गर्न सक्छन् । अहिलेका आधुनिक ह्युमोमोइड रोबोटहरुले भने मानिसले गर्न नसक्ने जटिल कार्यहरु समेत गर्न सक्छन् ।

प्राचिनकालमा रोबोटलाई  रोबोट भन्ने चलन थिएन र सबैभन्दा पहिले रोबोट शब्दको प्रयोग १९२१ मा ’चेकमा रोसमको युनिभर्सल रोबट्स नामक नाटकमा प्रयोग गरिएको थियो ।

रोबोटको मतलब चेक भाषामा कठिन परिश्रम अथवा मजदुर भन्ने बुझाउँछ । उक्त नाटकका लेखक केरेल केपेकले रोबोट शब्द प्रचलनमा ल्याएका थिए । त्यसपछि यो शब्द विश्वभरमा व्यापक प्रयोगमा आएको थियो ।

ग्रिकका देवता हेफेस्टसले यान्त्रिक कर्मचारीहरु निर्माण गरेका थिए । त्यस्तै यहुदीको कथामा माटोको गोलेम,पिगमेलियनको पौराणिक मुर्ति गालातिया समेत जीवित भएका,अनेकौ पौराणिक कथाहरु छन् ।

यसकारण अटोमेटा अर्थात् रोबोटको इतिहास प्राचिन चीन,प्राचिन ग्रिस र इजिप्ट लगायत विश्वका धेरै देशका पौराणिक कथाहरुको संस्कृति संगै विकास भएको मानिन्छ । तर  वास्तवमै सबै भन्दा पहिले रोबोटको निर्माण भने इसापुर्बको चौथो शताब्दीका एक जना ग्रिकका दार्श्निनक अर्काइटसले गरेका थिए ।

दार्श्निनक भएतापनि अर्काइटस म्याथम्याटिसियन,एस्ट्रोनोमर तथा स्ट्राटेजिस्ट समेत थिए । उनले आँफै उड्न सक्ने द फ्लाईङ पिजन नामको एउटा डिभाइसको निर्माण गरेका थिए । यो डिभाइस वाफको सहायतामा चल्न सक्थ्यो ।

आर्काइटसले बनाएको यहि स्वचालित डिभाइसलाइनै संसारमा सबैभन्दा पहिलो रोबोट मानिन्छ र आर्काइटसको यहि प्रयोग रोबोटिक्सको इतिहासमा कोषे ढुंगा साबित भयो । तत्पश्चात् अलेक्जेन्ड्रीयाका हिरोले वाफबाट चल्ने धेरै स्वचालित यन्त्रहरुको निर्माण गरे ।

करिब १७ शताब्दीनै आएको रोबोटले अब संसारलाई बिस्तारै आफ्नो बनाउँदै गईरहेको छ । सुरुमा डर तथा जिज्ञासाबाट सुरु भएको निर्माण प्रक्रियाले अहिले मान्छेहरुलाई साधारण कुरा भएको जस्तो लाग्ने भईसकेको छ ।

तपाईले सामाजिक सञ्जाल प्रयोग गर्नुहुन्छ भने पक्कै पनि बालबालिकाहरुले सिरी तथा एलेक्सासँग बोलेर रमाईरहेको भिडियो त दख्नैभएको होला ।

बालबालिकाले एलेक्सा, सिरलिाई गुड नाईट पनि भन्न थालिसकेका छन् । सुरुमा मान्छेहरु यी नयाँ प्रविधिबाट भयवित हुन्थे, अहिले यो नयू नर्मल भईसकेको छ ।

दशकौं देखि रोबोटहरुलाई साइन्स फिक्सनमा नराम्रो पात्रको रुपमा देखाइँदै आइएको छ तर यो अब हाम्रो जीवनको एकदमै महत्पूर्ण पाटो बन्दै गईरहेको छ ।

रोबोटको कहिल्यै नथाक्ने तथा सदाबहार सहयोग गर्न तत्पर रहने स्वभावले मानिसहरुलाई रोबोटको झनै नजिक लाँदै गईरहेको छ । रोबोटहरुले हरेक कुरामा धन्यवाद ज्ञापन पनि गर्ने हुँदा मानिसहरुले यसलाई सकारात्मक रुपमा स्वीकार्न थालेका छन् ।

विशेगरी महामारीको समयमा रोबोटले घरघरमा सामन पुर्याइदिएका कारणले पनि मान्छेहरुलाई रोबोटसँग आत्मिय सम्बन्धको सिर्जना भएको छ ।

यसैसन्दर्भमा ओरेगनमा रहेकी मान्छे र रोबोट बिचको सम्बन्ध विश्लेषण गर्न सक्ने एम्बर केसले फिल्महरुले मान्छेलाई आक्रमण गर्ने देखाएपनि वास्तविकतामा डेलिभरी रोबोटले हामीलाई कुर्ने र हामीले प्रयोग गरेपछि मात्रै चल्ने हुँदा मान्छेहरुलाई रोबोटसँग डर लाग्दैन् ।

डेलिभरीको क्रममा कुनै अवरोध आएमा त्यसले मान्छेसँग सहयोग माग्ने गर्दछ । मान्छेसँग सहयोग मागेकै कारणले प्रविधि मान्छेहरुलाई प्यारो लाग्न थाल्छ ।

यसले मान्छे र रोबोट बिचको सम्बन्धलाई अझै सुमधुर बनाउने गर्दछ । केसको अनुसार हाम्रो पनि केही सहयोग चाहिने किसिमको रोबोट हामीलाई मनपर्छ ।

यसले राम्रो सम्बन्ध निर्माणमा सहयोग पुर्याउँछ । अहिलेका रोबोट बनाउँदा निर्माता कम्पनीले पनि विशेष ध्यान रोबोटलाई डरलाग्दो नभएर क्युट बनाउनमा ध्यान दिने गर्दछन् । यसले गर्दा मान्छेहरुलाई रोबोटलाई पहुँच गर्न पनि हिचकिचाहट हुँदैन् ।

पहिला मान्छे रोबोट भन्दा राक्षस जस्तो पात्र भनेर तर्सिने गर्दथे तर अहिले एउटा रमाइलो पात्रको रुपमा मात्रै मान्छेहरुले हर्न थाल्याछन् ।

यसलाई जीवन सहज बनाउने माध्यमको रुपमा मात्रै लिइएको छ । राबोट हाम्रो जीवनको राम्रो पक्ष हुँदै गएको र यसले राम्रो अनुभव मात्रै दिने भएता पनि यसलाई सावधान रुपमा प्रयोग गर्नुपर्ने हुन्छ ।

आज विश्वसनीयताका साथ काम गर्ने वाणिज्य तथा औधोगिक रोबोटहरु व्यापक रुपमा सहज मुल्यमा उपलब्ध छन् र प्रयोगमा आइरहेका छन् । यसबाहेक नराम्रा र मानव जातिलाई बेफाइदा पुर्याउने कामका लागि पनि रोबोटहरूको व्यापक प्रयोग भइरहेको छ ।

ह्युमोनोइड रोबोटको प्रयोग यातायात, पृथ्वी र अन्तरिक्षको खोज,सर्जरी,हतियारको निर्माण, प्रयोगशाला अनुसंधान र उपभोक्ता र औधोगिक उत्पादनको लागि गरिंदै आइएको छ । राम्रारी प्रयोग गर्ने हो भने रोबोटले पनि हामीलाई धेरै मद्दत गर्नसक्ने हामीले पाउनसक्छौँ ।