कीवर्डहरू -

ओपो एफ नाइनको मूल्य समायोजन

ओपो एफ नाइनको मूल्य समायोजन

काठमाडौं। चर्चित स्मार्टफोन ओपोले नेपालमा ओपो एफ नाइनको मूल्य घटाएको छ। ४ जीबी र्याम रहेको ओपो एफ नाइनको मूल्य पहिले ४१ हजार ५ सय ९० मूल्य रहेको थियो भने  अहिलेको  मूल्य  ३७ हजार ९ सय ९० रहेको छ। यो फोन ६ जीबी र्याम मा पनि उपलब्ध रहेको छ।

भोक प्रविधि सहितको  एफ नाइन सन २०१८ को अगस्टमा सार्वजनिक भएको थियो।यो वाटरड्रप स्क्रिन डिजाइन सहितको पहिलो मोबाइल फोन हो। फोनको अघिल्लो भागको टप नोचमा रिसिभर, क्यामेरा र लाइट सेन्सरको प्रयोग गरिएको छ। यसले फोनलाई कम्प्याक्ट आकर्षक लेआउट प्रदान गर्नुका साथै प्रयोगकर्तालाई ठूलो स्क्रिनको आन्नद दिन्छ।

५ मिनेट चार्ज गर्दा २ घण्टाको टक टाइम दिने यो फोनमा सुविधा रहेको छ। सनराइज रेड, ट्वाइलाइट ब्ल्यु र स्टारी पर्पल गरी तीन भिन्न ग्राडियन्ट कलरमा एफ नाइन उपलब्ध रहेको छ। यसमा ९०.८ रेसियो सहितको १९.५ः ९ वाटर ड्रप स्क्रीनले फोनको अघिल्लो भागलाई निकै सुन्दर र आकर्षक देखाउँछ। यसमा २५ मेगापिक्सलको फ्रन्ट क्यामेरा र १६ मेगापिक्सलको डुअल रेअर क्यामेरा रहेको छ।