नेपाल राष्ट्र बैंकले पुनः भर्चुअल करेन्सी, क्रिप्टोकरेन्सी, नेटवर्क मार्केटिङ तथा हाइपर फण्ड कारोबार गैरकानुनी रहेको बताएको छ ।
बैंकले सोमबार एक विज्ञप्ती जारी गर्दै बिटक्वाइन कारोबार, क्रिप्टोकरेन्सी कारोबार र भर्चुअल करेन्सी तथा नेटवर्क मार्कटिङ अन्तर्गतको कारोबार/व्यवसाय गैरकानुनी रहेकोबारे क्रमशः मिति २०७४/०४/२९, २०७८/०५/२४ र २०७८/१०/०९ मा सार्वजनिक सूचनाहरू प्रकाशन गरेको व्यहोरा पुनः अवगत गराइएको छ ।
नेपालमा विदेशी विनिमय वा मुद्राको रूपमा भर्चुअल करेन्सी/क्रिप्टोकरेन्सी (स्टेबल क्वाइन समेत) ले कानूनी मान्यता नपाएको नेपालमा कानुनी ग्राह्य नभएको, नेपाल सरकारको जमानतप्राप्त नभएको र यस बैंकले निष्कासन नगरेको तथा कुनै पनि किसिमको सुरक्षण नभएको हुँदा भर्चुअल करेन्सी/क्रिप्टोकरेन्सी (स्टेबल क्वाइनसमेत) को कारोबार गैरकानुनी रहेको राष्ट्र बैंकको भनाइ छ ।
भर्चुअल करेन्सी/क्रिप्टोकरेन्सी, पिरामिडमा आधारित नेटवर्क मार्केटिङ तथा हाइपरमा सम्पत्ति शुद्धीकरण तथा आतड़कारी क्रियाकलापमा लगानी वगी तथा कर छली लगानीको असुरक्षा, पुँजी पलायन मूल्यमा अस्थिरता एवम् उतारचढाव सट्टेबाजी आदिसम्बन्धी जोखिमहरू अन्तरनिहित हुने विषय समेत स्मरण गराएको छ ।
नेपालमा बसोबास गर्ने नागरिक, फर्म, कम्पनी, संस्था (विदेशी समेत) र नेपालबाहिर बसोबास गर्ने सबै नेपाली नागरिक तथा नेपालबाहिर रहेका, फर्म, कम्पनी, सत्था तथा त्यस्ता कम्पनी वा संस्थाका शाखा कार्यालय तानि प्रकारका भर्चुअल करेन्सी, क्रिप्टोकरेन्सी, पिरामिड मार्केटिङ, हाइपर फण्ड कारोबार गरे/गराएको पाइएमा तथा सोको प्रयोग, संलग्नता सदस्यता, लगानी, स्वामित्व ग्रहण, स्थान्तरण, विप्रेषण, विनिमय, विप्रेषण सम्बन्धी कार्य गर्ने/गराएको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही हुने बैंकले जनाएको छ ।
आईसीटी समाचार