कीवर्डहरू -

सिड्स फर द फ्युचर कार्यक्रमको अन्तिम प्रतिस्पर्धाका लागि सात जना विद्यार्थी थाईल्याण्ड जाँदै

सिड्स फर द फ्युचर कार्यक्रमको अन्तिम प्रतिस्पर्धाका लागि सात जना विद्यार्थी थाईल्याण्ड जाँदै

दोस्रो सिड फर द फ्युचरको अन्तिम कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा सहभागी भएको विद्यार्थीहरु मध्ये सात जना अन्तिम प्रतिस्पर्धाका लागि बिहीबार थाईल्याण्ड जाने भएका छन् ।

ह्वावे सिड्स फर द फ्युचर कार्यक्रमका लागि २५० जना विद्यार्थीहरुले सहभागिता जनाएका थिए । त्यसमध्य छनौट परेका सात जना विद्यार्थीहरू अगस्ट १८ देखि अगस्त २८ सम्मका लागि बैंकक जाने भएका हुन् ।

यी सात जना विद्यार्थीले टेक फर गूड प्रतिस्पर्धामा पनि सहभागिता जनाउने छन्, जहाँ ती विद्यार्थीहरुले एपिएसी क्षेत्रका १४ भन्दा बढि देशका प्रतिनिधिहरुसँग प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ ।

\"\"

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव वैकुण्ठ अर्यालले मन्त्रालयले आईटी क्षेत्रमा मानव संसाधन तथा प्रतिभाको विकास गर्न मन्त्रालयले पनि काम गर्न खोजिरहेको बताएका छन् ।

उनले निजी क्षेत्रले गरिरहेको काम पनि प्रशंसनीय रहेको बताएका थिए । उनले इन्नोभेसन तथा विचारको प्रवर्द्धनका लागि सबैजना मिलेर काम गर्नुपर्ने बताए ।

त्यस्तै कार्यक्रममै बोल्दै नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले युवाहरुलाई प्रोत्साहित गर्नुपर्ने कुरामा जोड दिए । उनले अबका केही वर्षमा आईटीका कामका लागि विदेशीनु नपर्ने पनि बताएका थिए ।

उनले सरकारले डिजिटल परिवर्तनका लागि काम गरिरहेको र यसले आगामी दिनमा थ्रुपै अवसरहरु सिर्जना गर्ने पनि बताए ।