कीवर्डहरू -

सिद्धार्थ बैंकले ल्यायो ‘सिद्धार्थ बैंक स्मार्ट एक्स्पी’, ठगी नियन्त्रण गर्न सकिने

सिद्धार्थ बैंकले ल्यायो ‘सिद्धार्थ बैंक स्मार्ट एक्स्पी’, ठगी नियन्त्रण गर्न सकिने

सिदार्थ बैंक लिमिटेडले आफ्नो मोबाईल बैंकङ्ग एपलाई सिदार्थ बैंकस्मार्टएक्स्पीमा स्तरोन्ती (अपग्रेड) गरेको छ । यसबाट एपमा हुने धोकाधडी (ठगी) नियन्त्रण गर्नुका साथै सर्बमाध्यम एवं बहुच्यानल मार्फत सहजै प्रयोग गर्न सकिनेछ ।

एफवान सफ्ट इन्टरनेशनलले प्रवर्द्धन गरेको नयाँ एप्लिकेशन बैंक एक्स्पी आर्किटेक्चरमा आधारित छ, जसले प्रयोगकर्ताको कार्यक्षमताको दायरालाई अझ फराकिलो बनाउनेछ ।

सिदार्थ बैंक स्मार्टएक्सपी डिजिटल बैकिङ्गमा सर्वव्यापी दृष्टिकोणमा आधारित छ । यसले ग्राहकलाई उनीहरुको मोबाईल र वेब उपकरणबाट एप्लिकेशन प्रयोग गर्नका लागि उही प्रमाणहरु (पासवर्ड) प्रयोग गरी प्रयोग गर्न सकिनेछ ।

नयाँ एप्लिकेशनमा बिल भुक्तानी, चेक बुक अनुरोध, सेल्फ पासवर्ड/पिन रिसेट, इएपोइन्टमेन्ट, उपकरणहरुबीचको अन्तरसञ्चालन लगायतका थुप्रै सुविधा उपलब्ध छन् ।

साथै सिदार्थ बैंकस्मार्टएक्सपीले ठगी नियन्त्रणमा नविनतम संयन्त्रलाई पनि प्रयोग गरिरहेको छ । यस एपमा प्रयोगकर्ताले लग इन गर्न खोजेको सिम नम्बर स्वःत प्रमाणित गर्ने क्षमता छ, र प्रयोगकर्ताको खातामा दर्ता भएको सिम त्यहि नम्बर हो भनी प्रमाणित नभएसम्म प्रयोगकर्तालाई एप प्रयोग गर्न अनुमति दिँदैन ।

“ग्राहकहरु मोबाईल बैंकिङ्ग प्रयोग गर्न हिचकिचाइरहेका छन्, किनभने अन्य व्यक्तिले उनीहरुको खातामा पहुँच पुर्याउन सक्ने संभावना छ ।

अटो-भेरिफिकेशनको प्रयोग गरेर ठगी नियन्त्रणमा हाम्रो पछिल्लो प्रयासले ठगीलाई न्यूनिकरण गरिनेछ र प्रमाणित ग्राहकहरुले मात्र मोबाईल बैंकिङ्ग मार्फत आफ्नो खातामा पहुँच प्राप्त गर्नेछन्” सिदार्थ बैंकका एक प्रतिनिधिले भने ।

“सिदार्थ बैंकले डिजिटल बैंकिङ्गलाई सधै प्रवर्द्धन गर्दै आएको छ । हामी डिजिटल भविष्यको बाटो हो भन्ने विश्वास गछौँ र हाम्रो अनुप्रयोगको नविनतम संस्करणको सुरुवातसँगै प्रयोगकर्ताहरुले एपबाटै सिधै विभिन्न प्रकारका बैंकिङ्ग सेवाहरु प्राप्त गर्न सक्नेछन् ।

सिद्धार्थ बैंक नेपाल राष्ट्रबैंकबाट इजाजतपत्र क वर्गको वित्तीय संस्था हो । सन् २००२ मा स्थापना भएको यस संस्थालाई नेपालको सबैभन्दा प्रभावशाली र व्यवशायिक बैंकको रुपमा लिइन्छ ।

यस बैंकले आफ्ना सबै ग्राहकहरुका लागि बैंकिङ्ग सेवाहरु सहज र सरल रुपमा पहुँचयोग्य बनाउँदै अधिकांश सञ्चालनहरुमा डिजिटल बैंकिङ्गलाई एकीकृत गर्दछ ।

सम्बन्ध सधैभरीलाई भन्ने नाराका साथ सिदार्थ बैंकले ग्राहक- पहिलो दृष्टिकोणमा भन्ने हेतुले बजारको नेतृत्व गरिरहेको छ ।  सिद्धार्थ बैंक स्मार्ट एक्सपी प्ले स्टोर र एप स्टोर दुबैमा डाउनलोडका लागि उपलब्ध छ ।