कीवर्डहरू -

आईफोन, म्याक ह्याक गर्ने जिरो डेज समाधानका लागि एप्पलको नयाँ अपडेट

आईफोन, म्याक ह्याक गर्ने जिरो डेज समाधानका लागि एप्पलको नयाँ अपडेट

आईफोन, म्याक ह्याक गर्ने जिरो डेजका लागि एप्पलले सुरक्षा अपडेट सार्वजनिक गरेको छ । जिरो डेज सुरक्षा समस्यालाई प्रयोग गरेर धेरै ह्याकरहरुले एप्पल प्रयोगकर्ताहरको डेटा चोरी गरिरहेका थिए ।

यसका लागि कम्पनीले म्याओएस मोन्टेरी १२.५.१ र आईओएस १५.६.१ र आईप्याडओएस १५.६.१ अपडेट सार्वजनिक गरेको छ । यस सुरक्षा समस्याको नाम सिभिई २०२२ ३२८९४ रहेको छ ।

यो जिरो डे समस्यालाई लक्षित आक्रमण गर्नका लागि प्रयोग गरिन्छ । एप्पलले सुरक्षा अपडेट सकेसम्म चाँडो अपडेट गर्न आग्रह गरेको छ ।