कीवर्डहरू -

मंगलबार एआई सम्बन्धि प्यानल डिस्कसन आयोजना हुँदै, यसरी हुनुहोस् सहभागी

मंगलबार एआई सम्बन्धि प्यानल डिस्कसन आयोजना हुँदै, यसरी हुनुहोस् सहभागी

भदौ ७ गते आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को विषयमा प्यानल डिस्कसन हुने भएको छ । टेक एण्ड ट्रेन्डी ले एआईका विज्ञहरूलाई राखेर मंगलबार एआई सम्बन्धि प्यानल डिस्कसन गर्न लागेको हो ।

प्यानल डिस्कसन भदौ ७ गते रसीयन कल्चर कमालादीमा दिउँसो १२ बजेदेखि साढे २ बजेसम्म सञ्चालन हुनेछ ।

सेसनमा नामी अर्गनाइजेसनका निर्देशक विशेष खनाल, मेसिन लर्निङ इन्जिनियर श्रवण कुमार, जब स्निपरका सह-संस्थापक उज्जवल कोइराला र डेटा साइन्स विशेषज्ञ आयुष अधिकारी वक्ताको रूपमा सहभागी हुनेछन् ।

एआईमा इच्छुक विभिन्न कलेजका विद्यार्थीहरू यसमा निःशुल्क सहभागी हुन सक्नेछन् । यसका लागि यहाँ क्लिक गर्नुहोस् र दर्ता गर्नुहोस् ।