कीवर्डहरू -

रिब्राण्डिङ भयो साझाडिल डटकम, नयाँ नाम, स्लोगन, लोगो र वेबसाइट सार्वजनिक

रिब्राण्डिङ भयो साझाडिल डटकम, नयाँ नाम, स्लोगन, लोगो र वेबसाइट सार्वजनिक

ईकमर्स कम्पनी साझाडिल डटकम रिब्राण्डिङ भएको छ । स्थापना भएको ५ वर्षपछि साझाडिल डटकम साझा अनलाइन सपिङको रूपमा रिब्राण्डिङ भएको हो ।

नयाँ ब्राण्ड नामसँगै स्लोगन, लोगो र वेबसाइट पनि परिवर्तन भएको छ । यसअघि साझा डिल डटकमबाट दिदै आएको सेवा अब साझा डटकम डटएनपी बाट (saajha.com.np) प्रदान हुनेछन् । साझा अनलाइन सपिङको नयाँ स्लोगन ‘साझा-सबैका लागि’ राखिएको छ ।

सन् २०१७ मा ४ जनाले अनलाइनबाटै सामान बेच्ने उद्देश्यसहित साझाडिल स्थापना गरेका थिए । त्यसपछि सन् २०२० मा चार्टर्ड अकाउन्टेन्स (सीए) दिपक पाण्डेसहितको व्यवसायिक सीएको एउटा ग्रुपले लगानी गरेको थियो ।

\"\" अध्यक्ष, दिपक पाण्डे


साझा अनलाइन सपिङका अध्यक्ष दिपक पाण्डेले नयाँ भिजनसहित साझाडिललाई रिब्राण्डिङ गरिएको बताए ।

‘कम्पनीलाई व्यवसायिक र अनुभवि सदस्यले नेतृत्व गरिरहेका छन्,’ नेपाल एशोसिएसन अफ चार्टर्ड अकाउन्टेन्स (एक्यान) तथा गरिमा क्यापिटलका समेत अध्यक्ष रहेका पाण्डले भने, ‘सबैका लागि भन्ने स्लोगन अनुसार नै हामी ग्राहकलाई गुणस्तरीय र भरपर्दो सेवा प्रदान गर्न प्रतिबद्ध छौं । ’

त्यस्तै कम्पनीले नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) को रूपमा अनिल बस्नेतलाई नियुक्त गरेको छ । उनीसँग ई-कमर्सको क्षेत्रमा एक दशक काम गरेको अनुभव छ । साझालाई अब नेपालको अग्रणी ई-कमर्स प्लेटफर्म बनाउने योजना रहेको सीईओ बस्नेतले बताए ।

‘स्थानीय र अन्तर्राष्ट्रिय ब्राण्डलाई प्रवर्द्धन गर्दै साझा नेपालको अग्रणी ई-कमर्स सेवा प्रदायक हुनेछ,’ उत्साहित हुँदै अनिल भन्छन्, ‘नयाँ ब्राण्ड नाम पनि सबै ग्राहकका लागि सजिलो र आकर्षक रहेको छ ।’

साझाले नेपालका मनाङ, मुस्ताङ, जुम्ला लगायतका दुर्गम ठाउँहरूमा समेत डेलिभरी सेवा दिने अनिल बताउँछन् ।

\"\" सीईओ, अनिल बस्नेत


साझा अनलाइन सपिङले ग्राहकको सन्तुष्टिलाई विशेष ध्यान दिदै आवश्यकता अनुसार नयाँ प्रडक्ट थप्दै पनि जाने बताएको छ । साझाले अबको केही महिनामै मोबाइल एप पनि सार्वजनिक गर्ने तयारी गरेको छ ।

साझामा अहिले ५०० बढी सेलर र १ लाख २० हजार प्रयोगकर्ता रहेका छन् । १ लाख २० हजार प्रयोगकर्ता मध्ये ३० प्रतिशत ग्राहक काठमाडौं उपत्यका बाहिरका छन् । सामान खरिद गरेको अर्को दिननै ग्राहकको घरमा डेलिभरी गर्ने कम्पनीकी प्रमुख सञ्चालन अधिकृत (सीओओ) तृष्णा आचार्यले जानकारी दिइन् ।

साझा डटकम डटएनपीबाट फेसन, इलेक्ट्रोनिक्स, होम अपलायन्सेस, अटोमोटिभ, लाइफस्टाइल, किड्स, बेबी केयर, स्पोर्ट्स, ग्रोसरी, हेल्थ, ब्युटी लगायतका सामानहरू खरिद गर्न सकिन्छ ।

\"\" सीओओ, तृष्णा आचार्य