कीवर्डहरू -

एटीएम मेसिन फोडेर रकम चोरेको आरोपमा २१ वर्षिय तामाङ पक्राउ 

एटीएम मेसिन फोडेर रकम चोरेको आरोपमा २१ वर्षिय तामाङ पक्राउ 

एमएमबी बैंकको एटीएम फोडेर रकम चोरेको आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पोखरा महानगरपालिका वडा नं. ३० अर्घौचोकमा रहेको बैंकको एटीएम बुथमा रहेको मेसिन फोरी रकम चोरी भएको सूचनाका आधारमा पोखरा महानगरपालिका वडा नं.३० डुँडाको मुख बस्ने २१ वर्षिय अनिस तामाङलाई पक्राउ गरेको गरिएको हो ।

गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा, नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा, जिल्ला प्रहरी कार्यालय कास्की र ईलाका प्रहरी कार्यालय शिसुवा कास्कीबाट खटिएको संयुक्त अनुसन्धान टोलीले मिति भदौ २ गते रूपन्देहीको बेलहिया (नेपाल भारत सिमा नजिक) बाट भारत तर्फ जाँदै गरेको अवस्थामा पूर्वी नवलपरासी देवचुली न.पा.५ घर भई हाल जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं.३० डुँडाको मुख बस्ने २१ वर्षका अनिस तामाङलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार गत साउन ३ गते बिहान १ बजेर ४५ मिनेटमा अर्घौचोकमा रहेको एनएमबी बैकको एटीएम बुथमा रहेको मेसिन फोरी रकम चोरी भएको भन्ने सूचना प्राप्त भएको र सोही दिन बिहान २ बजेर ८ मिनेटमा जिल्ला कास्की पोखरा म.न.पा. वडा नं. २७ तालचोक स्थित रहेको एनआईसी एशिया बैकको एटीएम मेसिन फोर्ने प्रयास भएको भन्ने सूचना प्राप्त हुनसाथ जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहत प्रहरी कार्यालयबाट प्रहरी परिचालन भई अनुसन्धान गर्दा उक्त दुबै घटना घटाउने व्यक्ति एउटै हुलिया भएको पाईएको थियो ।
सो घटनामा ग १० प २९६३ नम्बरको मोटरसाईकल र हेल्मेट समेत प्रयोग भएको देखिएकोले उक्त मोटरसाइकल धनी खोजतलास गरी बुझ्दा उक्त मोटरसाइकल सोही राती चोरी गरेको भन्ने खुल्न आएपछि थप अनुसन्धानका लागि प्रहरी खटिएको थियो ।

तामाङलाई पक्राउ गरी कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका सम्बन्धी कसूरमा सात दिन म्याद थप गरी थप अनुसन्धान प्रकृया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।