कीवर्डहरू -

भिभोको भी १५ प्रो नेपालमा सार्वजनिक

भिभोको भी १५ प्रो नेपालमा सार्वजनिक

काठमाडौं। नेपाली बजारमा भीभोले भी १५ प्रो सार्वजनिक गरेको छ।  भी १५ प्रो मा एलेभेटिंग फ्रन्ट क्यामेरा र आवश्यकता अनुसार आर्टिफिसियल इन्टेलिजेन्स प्रयोग गरिएको छ। यो फोनमा  फूल स्क्रीन को सुविधा रहेको छ।

९१.६४ प्रतिशत स्क्रीन टू बडी रेसियो छ। जसले गर्दा गेमिंग र भिडियो को सजिलो हुन्छ। यसमा ६.३९ इन्चको सूपर एमोलेड अल्ट्रा फूलभ्यू डिस्प्ले प्रयोग गरिएको छ। जसमा १९.५ः९ एस्पेक्ट रेसियो रहेको छ ।

भी १५ प्रो मा  ट्रिपल रियर क्यामरा रहेको छ। भने ३२ मेगापिक्सेलको फ्रन्ट क्यामेरा प्रयोग गरिएको छ। यसमा  डिस्प्ले फिंगरप्रिन्ट  प्रविधि र गेम मोड ५.० रहेको कम्पनीले जनाएको छ।नेपाली बजारमा टोपाज ब्लू कलर अप्सनमा उपलब्ध छ। भिभो भी १५ प्रोको मूल्य ५२ हजार ४सय ९० रुपैयाँ तोकिएको छ ।