कीवर्डहरू -

नेपालमा एआई एडप्सन एण्ड एआई एजुकेसन बारे वेबिनार आयोजना हुँदै

नेपालमा एआई एडप्सन एण्ड एआई एजुकेसन बारे वेबिनार आयोजना हुँदै

टेक वेबिनार नेपालले एआई एडप्सन एण्ड एआई एजुकेसन फर जेनेरेटिंग एआई ट्यालेन्ट इन नेपालबारे वेबिनार आयोजना गर्ने भएका छ ।

आइतबार २८ अगस्तमा हुन गईरहेको सो कार्यक्रम बेलुकाको ६ बजे देखि सुरु हुनेछ । यो टेक वेबिनार नेपालको ४६ औँ श्रृखंला हो । यस वेबिनारमा एआईको बारेमा बताइनेछ ।

एआईलाई प्राविधिक उद्योगमा कसरी प्रयोग गरिन्छ भन्ने बारे पनि कुरा गरिन्छ । एआई प्रशिक्षणको प्रयोग गरेर व्यवसायहरुलाई कसरी सहयोग गर्ने भन्ने बारे पनि बताइन्छ ।

वक्ताको रुपमा फ्युजमेसिन, नेपालका एसोसियट मेसिन लर्निंग इन्जिनियर सुनिल घिमिरे र फ्युजमेसिन नेपालका मेसिन लर्निंग इन्जिनियर प्रभात आले रहने भएका छन् । कार्यक्रममा सहभागी हुन् यहाँ क्लिक गरि जोइन हुनुहोस् ।  ।