कीवर्डहरू -

२७ मिनेटमा ५० प्रतिशतसम्म चार्ज गर्ने स्मार्टफोन रियलमी नाइन प्रो फाइभजी नेपालमा, कति छ मूल्य ? 

२७ मिनेटमा ५० प्रतिशतसम्म चार्ज गर्ने स्मार्टफोन रियलमी नाइन प्रो फाइभजी नेपालमा, कति छ मूल्य ? 

रियलमीले अहिले सम्मकै सर्वाधिक शक्तिशाली एन्ट्री लेभल स्मार्टफोन रियलमी ९ प्रो फाइभजी नेपालमा सार्वजनिक गरेको छ ।

उत्कृष्ट फिचर र पावर प्याक्ड पर्फर्मेन्ससहित नेपाली उपभोक्ताहरुले खोजेको मूल्यमा उपलब्ध छ । एन्ड्रोइड १२ ओएस भएको यो फोनको युआई भर्जन ३.० रहेको छ ।

यसमा फाइभजी प्रोसेसर मध्यको सबै भन्दा शक्तिशाली प्रोसेसर स्न्यापड्रयागन ६९५ फाइभजी रहेको छ भने १२० हर्जको अल्ट्रा स्मुथ फुल डिस्प्ले रहेको छ ।

क्यामराको कुरा गर्नुपर्दा यसमा ६४ मेगापिक्सेलको ट्रिपल क्यामरा रहेको छ । १६ मेगापिक्सेलको वाइड एङ्गल सेल्फी क्यामराले ग्रुप सेल्फी लिन सहज बनाएको छ । त्यस्तै साइड माउन्टेड फिङर प्रिन्ट सेन्सर रहेको छ ।

५००० एमएएचको शक्तिशाली ब्याट्रि भएको यो रियलमी नाइन प्रो फाइभजी स्ट्यान्ड-बाइ मोडमा ५८१ घण्टासम्म टिक्छ भने १३९ घण्टासम्म म्युजिक प्लेयर अन गर्न सकिन्छ । त्यस्तै यसमा भएको ३३ वाटको डार्ट चार्जिङ सोलुसनले जम्मा २७ मिनेटमा नै ५० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ ।

अरोरा ग्रिन र सनराइज ब्लु रंगमा उपलब्ध रहेको छ । ८ जीबी र्‍याम र १२८ जीबी इन्टर्नल स्टोरेज भएको यस फोनको मुल्य ३८ हजार ९९९ रूपैयाँ तोकिएको छ ।