कीवर्डहरू -

‘क्याप्चर द फ्ल्याग’ प्रतियोगिता आयोजना गर्दै सफ्टवेरिका कलेज, यस्तो छ सहभागी हुने तरिका

‘क्याप्चर द फ्ल्याग’ प्रतियोगिता आयोजना गर्दै सफ्टवेरिका कलेज, यस्तो छ सहभागी हुने तरिका

सफ्टवेरिका कलेजले ‘क्याप्चर द फ्ल्याग’ प्रतियोगिता आयोजना गर्ने भएको छ । आगामी सेप्टेम्बर ३ मा ‘क्याप्चर द फ्ल्याग’ प्रतियोगिता सञ्चालन हुनेछ ।

कार्यक्रममा प्लस टु वा स्नातक गरिरहेका विद्यार्थीहरू सहभागी हुन सक्नेछन् । तर सहभागी ग्रुपमा हुनुपर्नेछ । एउटा ग्रुप वा टिममा कम्तिमा ३ जना र बढीमा ५ सम्म सहभागी हुन सकिने छ ।

प्रतियोगितामा ह्याकिङ टास्कहरू दिइने छ । ती टास्कहरू सहभागी टिमले पूरा गर्नुपर्नेछ । सहभागीले कार्यक्रममा आफ्नो ल्यापटप ल्याएर आउनु पर्ने बताइएको छ ।

उच्च पोइन्ट ल्याउने ३ जना टिमलाई पुरस्कार प्रदान गरिनेछ, जसमा पहिलो टिमले २५ हजार, दोस्रो टिमले १५ हजार र तेस्रो टिमले १० हजार पाउनेछन् ।

अहिले उक्त प्रतियोगिताको रजिष्ट्रेसन खुला भइरहेको छ । यहाँ क्लिक गरी अगस्ट २४ सम्म रजिष्ट्रेसन गर्न सकिने छ । साथै प्रतियोगिता सहभागी हुन् प्रति व्यक्ति २०० रूपैयाँ शुल्क तिर्नुपर्नेछ ।

रजिष्ट्रेसन गर्दा स्टुडेन्ट आईडी कार्डको फोटो पठाउनु पर्नेछ । शुल्क कलेजको रिसेप्सन डेस्क वा 9843473512 मा इसेवा गर्न सकिने छ ।