कीवर्डहरू -

नेपालमा सेवा दिने विदेशी प्रविधि कम्पनीबाट ५ महिनामा १२ करोड राजस्व संकलन

नेपालमा सेवा दिने विदेशी प्रविधि कम्पनीबाट ५ महिनामा १२ करोड राजस्व संकलन

चालु आर्थिक वर्षको ५ महिनामा नेपालमा विद्युतीय माध्यमबाट कारोबार गर्ने गूगल, फेसबुक, माइक्रोसफ्ट, लिंकडिन, टिकटक जस्ता ठूला विदेशी प्रविधि कम्पनीले १२ करोड कर तिरेका छन् ।

यो आर्थिक वर्षको ५ महिनामा गूगल, फेसबुक, माइक्रोसफ्ट जस्ता ठूला विदेशी प्रविधि कम्पनीबाट १२ करोड २ लाख राजस्व संकलन भएको ठूला करदाता कार्यालयले जनाएको छ । 

गत आर्थिक वर्षबाट सरकारले गैरबासिन्दा व्यक्तिले नेपाली उपभोक्तालाई विद्युतीय सेवा उपलब्ध गराउँदा कारोबारमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) र दुई प्रतिशत विद्युतीय सेवा कर (डीएसटी) लाग्ने व्यवस्था गरेको थियो भने डिजिटल सेवा कर सम्बन्धि छुट्टै कार्यविधि समेत तयार पारेको थियो ।

नेपालीलाई विद्युतीय सेवा उपलब्ध गराएर २० लाख भन्दा बढी कारोबार गर्ने विदेशी कम्पनीलाई भ्याट र डीएसटी लाग्ने व्यवस्था छ ।

गत आर्थिक वर्षमा डीएसटीका लागि ९ वटा कम्पनी दर्ता भएका थिए भने यस वर्ष १२ वटा कम्पनी दर्ता भएका छन् । पछिल्लो समय नेपाल सरकारले टिकटक नेपालमा चलाउन प्रतिबन्ध लगाएको छ भने सामाजिक सञ्जाललाई नियमन गर्ने छुट्टै ऐन ल्याउने समेत तयारी गरेको छ ।