कीवर्डहरू -

म्यासेन्जरमा डार्क मोड सेवा सुरु

म्यासेन्जरमा डार्क मोड सेवा सुरु

काठमाडौं। फेसबुकले म्यासेन्जरमा  डार्क मोड सेवा उपलब्ध गराएको छ।फेसबुकले गत अक्टोबरमा यो फिचर ल्याउने घोषणा गरेको थियो। यो फिचर सार्वजनिक नभए पनि यो फिचरलाई म्यानुअल्ली प्रयोग गर्न सकिन्छ। यो सुविधा प्रयोग गर्न च्याटका क्रममा कुनैपनी साथीलाई चन्द्रमाको इमोजी  पठाएमा प्रयोगकर्ताले डार्क मोडको अनुभव लिन सक्नेछन।

डार्क मोड सेवा प्रयोग गरेपछि आँखालाई सहज र रातीको समयमा उपयोगी हुनेछ।यो डार्क मोडको सुविधा नेपाल र भारतसहित केहि देशमा च्याटमा चन्द्रमाको इमोजी पठाएर यसको प्रयोग गर्न सकिन्छ।चन्द्रमा इमोजी पठाउनेबित्तिकै सेटिङमा गएर डार्क मोड सुरु गर्ने सूचना पाउन सकिन्छ।